९८ वर्षीय पदम जसले १० लाखको अक्षयकोष स्थापना गरे
सुशील सुवेदी
स्याङ्जा,पुष ४
उमेरले ९८ वर्ष पुगेका पदम बहादुर सिँजाली ४२ वर्ष पछि आफ्नो गाउँ खोज्दै स्याङ्जा आईपुगे । जिवनकालको उत्तरार्धमा सिँजालीको एउटै ईच्छा थियो पुख्र्याैली माटोमा, टेक्ने । उनका परिवारले सिँजालीको सपना पुरा गर्न स्याङ्जाको भिरकोट नपा—४ स्थित दभुङ ठाँटी भञ्ज्याङ माध्यमिक विद्यालयमा ल्याए ।
सिँजालीले माटोलाई ढोग्दै भने , “हाम्रा अग्रजले राम्रो शिक्षा पाएको भए यो ठाउँ छाड्न पर्दैन्थ्यो अवका बाबु नानीलाई यो समस्या नपरोस् भनेर सानो कोषेली ल्याएको छु । ”
सिँजालीले कालो झोला बाट दशलाख पच्चिस हजार निकाले पुन भने ,“ यसले अक्षय कोष स्थापना गर्नुहोस् र शैक्षिक क्रियाकलापमा खर्चिनुस् । ”
पछिल्लो समय सामुदयिक विद्यालयमा पठन पाठन कमजोर भैरहेको बेला सिँजालीको सहयोगले विद्यालयमा अक्षय कोष स्थापना भएको छ ।
सिँजाली सहित अन्य व्यक्तिहरुको सहयोगबाट विद्यालयमा विस लाखको अक्षय कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम खाँडले बताए ।
सिँजाली अहिले बैतडी जिल्लाको खयरभट्टीमा परिवारसँग बस्दै आएका छन् । सन् १९४४मा ब्रीटीस आर्मीमा भर्ना भएका उनी भारत स्वतन्त्र भएपछि सन् १९४७ मा भारतको सिपाहीमा भर्ती भएका थिए । सन् १९७३ मा अनरी क्याप्टेनको रुपमा अवकास प्राप्त गरेपछि उनी आफ्नो घर बैतडी फर्केर निरन्तर समाजसेवामा लागेका हुन् । तत्कालिन वडामहारानी ऐश्वर्य राज्य लक्ष्मीको आज्ञा अनुसार बाल बैतडीमा मन्दिर स्थापना गरेका छन् ।
१९३२ देखि युएनडिपीको फिल्ड सुपरभाईजरमा कार्यरत भई खलङ्गा , देहीमाण्डौँ , पाटन ,रोडी देवल , जेवरकट्टे , श्रीकोट र गोकुलेश्वरको प्रत्येक क्षेत्रमा तिन हजार बालबालिकालाई निशुल्क खाद्यान्न समेत वितरण गरको सिँजालीले स्मरण गरे ।
उमेरले नेटो काटेका सिँजालीको श्रवण शक्ति कम भएपनि उनको र श्रीमतीको ९४ औँ वैवाहिक वर्षगाँठ मनाउन पाउँदा निकै छोरा प्रेम थापाले निकै खुशी व्यक्त गरे ।
स्याङ्जाको भिरकोटमा रहेको जग्गा हरु हाल बसोबास गरेका परिवारलाई निशुल्क हस्तान्तरण गर्ने योजना रहेको उनको परिवारको भनाई छ ।