देशको समृद्धीको लागि आलमदेवीमा पूर्व राष्ट्रपतिको संकल्प
सुशील सुवेदी
स्याङ्जा , पुष ६
पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले सुखी नेपाली समृद्ध नेपालको सार्थकतालाई पूरा गर्न नेपाली जनाताले आ—आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको आलमदेवी मन्दिर दर्शन तथा भेटघाट कार्यक्रममा सहभागी हुँदै भण्डारीले मुलुकको समृद्धिको लागी आलमदेवी मन्दिरमा संकल्प समेत गर्नुभएको हो । सुखी नेपााली समृद्ध नेपालको दृढ संकल्पको साथ अघि बढ्न सकियो भने मुलुकको अभाव पनि चिर्न सकिने भण्डारीले बताउनुभयो ।
कालीगण्डकी—३ मा अवस्थित धार्मीक तथा ऐतिहासिक महत्व बोकेको आलमदेवी मन्दिरलाई शाह बंशहरुको उद्धगम थलोको रुपमा चिनिदै आएको छ । भक्तजनहरुले आँटेताकेको काम पुरा हुने विश्वासको कारण वर्षेनी हजाराँको संख्यामा धार्मीक पर्यटकहरु यहाँ आउने गर्दछन् ।
सोही अवसरमा कालीगण्डकी गाउँपालिकाले गरेका नमुना कार्यहरुको संगालो पुस्तक पूर्व राष्ट्रपती भण्डारीलाई प्रदान गरीएको छ । यस्तै कालीगण्डकी गाउँपालीकाले पनी जनता लक्षित लोकप्रीय कार्यक्रम संचालन गर्दै आएको र केही कार्यक्रममा देशमै नमुना अभ्यासको रुपमा कालीगण्डकीले संचालन गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो ।
उज्यालो पालिका अन्तर्गत प्रत्येक घरमा विद्युत्तको पहुँच पुगेको बताउँदै अध्यक्ष थापाले न्युनतम विद्युत्त महशुल पालिकाले तिरीदिने व्यवस्था गरेको छ । यस्तै , पालिकाले कृषि प्रवद्र्धन अन्तर्गत बाँझो जमिनलाई खेतियोग्य बनाईएको बताउनुभयो ।
पौष ३ देखि ५ सम्म सिचुवान विश्व विद्यालय र त्रिभुवन विश्वविद्यालयले पोखरामा आयोजना गरेको फेवा डायलगमा आउनुभएकी भण्डारीले स्याङ्जाको आलमदेवी र फेदीखोलामा अवस्थित गार्खा स्मारक पार्ककको अवलोकन गर्नुभएको हो ।