headline 1गण्डकीराजनीति

संगठन बन्नु नै निर्वाचन जित्ने आधार हो, पुर्व मन्त्री अर्याल

मेरो दृष्टि सम्बादाता भदौ २,स्याङजा

नेकपा एमाले केन्द्रीय कमिटि सचिव एवं पुर्व मन्त्री पद्मा कुमारी अर्यालले पार्टीले जन सरोकारको मुद्धा उठाउन नसके जनताले पनि पार्टी छाड्दै जाने बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटि स्याङजाले आयोजना गरेको चौथो बैठकलाई सम्बोधन गर्दे पुर्व मन्त्री अर्यालले पार्टीमा पद लिने र जनताको सुख दुखमा साथ छाड्ने प्रबृति मौलाएको बताउँदै जनताको हरेक समस्यामा पार्टी लाग्नु पर्ने बताउनुभएको हो । जनताले विश्वास र आसा मान्दै आएको पार्टी नेकपा एमाले रहेको बताउँदै पुर्व मन्त्री अर्यालले जनताले विश्वास गरेकै कारण विगतको तुलनामा नेकपा एमालेको संगठीत सदस्य बृद्धी भएको बताउँनुभयो । राष्ट्रियता,स्वाधिनता र सार्वभौमसत्तामा नेकपा एमाले अढीग रहेको बताउँदै पुर्व मन्त्री अर्यालले नेकपा एमालेले सारेको यस्ता खाले मुद्धा बाट फरक बिचार राख्नेहरुले विरोधका लागि मात्र विरोध गर्दे नेकपा एमालेलाई घेराबन्दी गर्ने कार्य भईरहेको बताउँनुभयो । केपी ओलीको सरकार बन्दा कहिले नाकाबन्दीको सामना गर्नु पर्ने त, कहिले विदेशीको इसारामा विभिन्न बहानामा विभिन्न पार्टीले नाराबाजी गरेको बताउँदै बर्तमान सरकार घेरा बन्दी तोडेर काम गर्नु पर्ने परिस्थीती रहेको पुर्व मन्त्री अर्यालको भनाई थियो । देशको सम्बृद्धीको आधार नै केपी ओलीको सरकार बाट सुरुवाती भएको बताउँदै पुर्व मन्त्री अर्यालले केपी ओलीको पालामा सुरुवाती र शिलन्यास भएका कार्यहरु भटाभट उत्घाटन हुन थालेको अर्यालको भनाई थियो । विकासका विभिन्न चरण पार गर्दे देशलाई सुरुङ मार्गमा प्रवेस गराउने पनी केपी ओलीको सरकार बाटै सुरु भएको बताउँदै पुर्व मन्त्री अर्यालले बीआरआई जस्तो प्रोजेक्ट पनि केपी ओलीकै पालामा सम्झौता भएकोले जनताले विकासको अनुभुती छिटै गर्न पाउने पुर्व मन्त्री अर्यालको भनाई थियो । फरक प्रशंगमा बेल्दै पुर्व मन्त्री अर्यालले पार्टी विधान महाधिवेशनको क्रममा रहेकोले आम संगठीत सदस्यलाई आफ्नो महत्वपुर्ण राय सल्लाह सुझाब जिल्ला कमिटि मार्फत टिपाउन अनुरोध समेत गर्नुभयो । नेकपा एमाले सर्वहरा बर्गको प्रतिनिधित्व गर्दे आम जनताको राय,सल्लाह र सचनात्मक सुझाब अनुसार चल्ने पार्टी भएकोले आगामी भदौ २२ गते ललितपुरको गोदावारीमा हुने विधान महाधिवेशनलाई सहयोग पुग्ने हिसाबले आम नागरिकको सुझाब संकलन गरि पेश गर्न पुर्व मन्त्री अर्याललाले जिल्ला कमिटि स्याङजालाई अनुरोध समेत गर्नुभयो । नेकपा एमाले जिल्ला कमिटि स्याङजाले चलाएको चौथो बैठकमा आठ ओटा प्रस्ताव माथी छलफल गर्दे सर्बसम्मत रुपमा एजेन्डा पास गरि बैठक सम्पन्न गरेको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.