संविधान रक्षाको निम्ति स्याङजाका चार दलको संयुत्त य्राली

माधब गैह्रै असोज ३,वालिङ

नेपाली हरुका लागि विशेस महत्वको रुपमा हेरिने आजको दिन असोज तिन आर्थत संविधान दिवस । आजको दिन संविधान सभाका बहुमत सदस्यहरुबाट तत्कालीन नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान घोषणा गरी लागू गरिएको दिन भएकोले पनि आजको दिन विशेष महत्वको दिनको रुपमा लिने गरिन्छ । विगतको बर्षहरुमा संघ तथा स्थानीय सरकारले आजको दिनलाई ऐतिहासिक दिनको रुपमा लिदै तीन दिन सम्म योजना बद्ध रुपमा कार्यक्रम गर्ने गरेता पनि कठिन परिस्थितिहरुका कारण यस बर्ष भने संघ तथा स्थानीय सरकारले कुनै भव्य कार्यक्रम आयोजना नगरिरहेको अवश्थामा आम नागरिकको तहबाट संविधान रक्षार्थको निम्ति देशका विभिन्न स्थानमा संविधान दिवस मनाईएको छ । सोही अनुरुप संविधान दिवसको अवसरमा संविधान रक्षाको निम्ति स्याङजामा नागरिक समाज सहित चार दलले संयुतm य्राली निकालेका छन् । विगतको बर्षहरुमा आआफ्नो ढङगबाट संविधान दिवस मनाएका पार्टीले यो बर्षभने संविधान नै खतरामा रहेको संज्ञा दिदै संविधान रक्षाको निम्ति पार्टीहरु एक छन् भन्ने सन्देश दिने उदेश्यले संयुत्त य्रालीको आयोजना गरिएको हो । कार्यक्रमा चार दल संग आवद्ध विभिन्न संघ,संगठनका पधाधीकारी सहीत सुभचिन्तकहरुले संविधानको रक्षा गर,संविधान दिवस सफल पारौ जस्ता सन्देश मुलक प्ले कार्ड र व्यानर सहित पुतलीबजार नगर परिक्रमा गरेका थिय । य्रालीको कोड सभामालाई सम्बोधन गर्दे चार दलका जिल्ला अध्यक्षहरुले बर्तमान संविधान संकटमा पर्न सक्ने अवस्था रहेको बताउदै संविधानको रक्षार्थको निम्ति आम नागरिक एक हुनु पर्ने बेला आएको भाव प्रकट गरेका थिय । चार दलले आयोजनामा गरिएको संविधान दिवसको य्रालीमा राप्रपा,रास्पा,जनमोर्चले भने सहभागीता जनाएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.