कबिता : यहाँ देशको घाउ, खै कसले बुझेको छ र ?

खानेहरु नै त हो उदण्ड मच्चाउने मात्ने अनि मात्न पल्काउने

खानेहरु नै त हो उदण्ड मच्चाउने
मात्ने अनि मात्न पल्काउने
यहाँ नखाने त हुन्छन् सोझा
मिचिएको पेटले माग्ने अनि भाडा टल्काउने

दोशीका पेट यहाँ हुन्छन् भुक्क फुलेका
खाने अनि खाएर सिध्याउने
यहाँ निर्दोशहरु छैनन् राता पिरा
भेटिन्छन् त्यहाँ, जहाँ हुन्छन् अमिला डकार, चिसा रात अनि ननिदाउने

यहाँ देशको घाउ,
यहाँ देशको घाउ, खै कसले बुझेको छ र ?

अघाएका भोका, दोशी अनि निर्दोशहरु
एक अर्काका पसिनामा रत्यौली खेल्दछन्
धनी गरीब बीचको अत्यास लाग्दो खाडलमा
आलो पालो गरी, आपूm आफैलाई ठेल्दछन्

यहाँ मेरो, उस्को, त्यसको अनि
फलाना, चिलानाको मात्र भनिन्छ बोलिन्छ
दलालहरुको नेतृत्वमा घर आँगन चोक देखि
सडक अनि सदनमा राँको बालिन्छ

यहाँ मिलेमतोमा फुट र शासनको राजनीति गरिन्छ
चोर फटाहा, डाँका र घुस्याहाहरु पोसिन्छ
अनि सोझा, गरीब, पिडित, भोका र नाङ्गाको मुखमा
फर्जी कागज र बलत्कृत कपडाहरु कोचिन्छ

यहाँ देशको घाउ,
यहाँ देशको घाउ, खै कसले बुझेको छ र ?
यहाँ देशको घाउ, खै कसले बुझेको छ र ?

जिवन दाहाल
भद्रपर न पा १०, चन्द्रगडी
झापा, नेपाल
हाल धादिङ बेसी

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.