खेलकुद विकास कार्यविधि २०८० अनुसार हरिनास गाउँपालिकामा ८औँ अध्यक्ष कप २०८३ आयोजना हुने

माधब गैह्रे,वालिङ बैसाख,९

स्याङ्जाको हरिनास गाउँपालिकामा “८औँ अध्यक्ष कप २०८३” आयोजना हुने भएको छ। खेलकुद विकास कार्यविधि २०८० अनुसार गाउँपालिकाले यही वैशाख २४, २५ र २६ गते वडा नं। ४ स्थित रोदखोलामा तीन दिने खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागेको हो।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारासहित आयोजना गरिन लागेको यस प्रतियोगितामा दुई बिधामा ४ खेल खेलाईनेछ जसमा पुरुष तथा भेट्रान्स भलिबल र पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता समावेश गरिने गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको भनाई छ । अध्यक्ष मानन्धरको अनुसार विगतको प्रतियोगितामा सहभागिहरुको उत्सुकता र खेल प्रतिको मोहलाई पर्वद्धन गर्ने हिसाबले यस बर्ष खेलाडीहरुको माग अनुसार नै खेल खेलाईने तयारी भइरहेको अध्यक्ष मानन्धरको भनाई छ।
खेलाडीहरुलाई खेल क्षेत्रमा पर्वद्धन गर्न र खेल क्षेत्रबाट पनि आफ्नो पहिचान बनाउन सकिन्छ भन्ने उदेश्यले गाँउपालिकाले अनुसासन तथा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको समेत व्यवस्था गरेको पालिका अध्यक्षको भनाई छ । खेलमा पुरुष भलिबलतर्फ प्रथम हुने टोलीले ६० हजार रुपैयाँ, द्वितीयले ५० हजार, तृतीयले ३५ हजार र सान्त्वना स्थानले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी महिला तथा भेट्रान्स भलिबलतर्फ प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना स्थानलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। ब्याडमिन्टनतर्फ पनि विजेताहरूका लागि नगद पुरस्कार राखिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रका खेलाडीहरुलाई पर्वद्धन गर्ने उदेश्यले ्रकेही महिना अगाढी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको थियो भने वडा स्तरमा पनि निरन्तर खेलकुद प्रतियोगिता आयोजना गरि खेल क्षेत्रलाई सम्बोधन गर्दे आईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.