योगको महत्वसम्बन्धी प्रवचन कार्यक्रम

मेरो दृष्टि सम्बादाता

योग शिक्षाको महत्वकाबारेमा आज वालिङमा प्रवचन कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा भएको प्रवचन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाई योग भूमिकोरुपमा विकास गर्दै लगिने बताउनुभएको छ । वालिङ नगरभित्रका विद्यालयका शिक्षकहरुका लागि योग सिकाईएको बताउँदै अब विस्तारै विद्यार्थीहरुमा र क्रमशः नगरका प्रत्येक घर–घरमा योगलाई विस्तार गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।

आयूर्वेद शिरामणि आचार्य बालकृष्णजी महाराजको जन्मभूमि यहीँ भएको र यो पवित्र भूमिलाई भोलिको तिर्थस्थलकोरुपमा विकास गर्नका लागि सबै जना आ–आफ्नो ठाउँमा लाग्नसकेमा सम्भव रहने धारणा ब्यक्त गर्नुभयो ।

स्वामी रामदेव र आचार्य बालकृष्णजी महाराजको पदचिन्हलाई पछ्याउँदै अवसरकोरुपमा सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले योगको दर्शनलाई घर घरमा पु¥याउनका लागि नगरबासीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी देवा दिती, पतञ्जलि योग यूवा समिति नेपालका केन्द्रीय प्रभारी देब बिजया, पतञ्जलि योग यूवा समिति नेपालका केन्द्रीय संयोजक लोकनाथ खनाललगायतले आचार्य बालकृष्णजी महाराजले आयूर्वेद तथा योगका क्षेत्रमा गर्नुभएको कार्य संसारभर फैलिरहेको बताउँदै त्यस्ता महान सपूत जन्माउने थलो वालिङ भएकोले यो ठाउँ निक्कै पवित्र र महत्वपूर्ण रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।

नगर प्रमुख दिलीपप्रताप खाँणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले र स्वागत उपप्रमुख कल्पना तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.