headline 1गण्डकी

रेबिज रोकथामको लागि कुकुरको बन्ध्याकरण

अर्याल भन्नुहुन्छ ,‘हामिले सकेसम्म वालिङका सबै सामुदायिक कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सीन लगाउने प्रयास गरेका छौँ । वालिङका विभिन्न टोलमा झण्डै पाँच सयको हाराहारीमा सामुदायिक कुकुर रहेका छन् । ’

सुशील सुवेदी
स्याङ्जा, १६ फागुन

एकातिर सडकमा सामुदायिक कुकुरको बिगबिगी छ भने अर्कोतिर सोखको लागि कुकुर पाल्नेको आकर्षण बढ्दो छ । सामुदायिक तथा घरपालुवा कुकुरको संख्या बढ्दै जाँदा रेबिजको जोखिम पनी उत्तिकै बढेको छ । वालिङ नगरभित्रको केही वडामा पशु चौपायालाई समेत रेबिज देखीदा समुदायमा पनि जोखिम बढेको हो ।

केही महिना अगाडी वालिङ—८ , काफलडाँडाको भैँसी तथा गौशालामा राखिएका गाई लाई समेत रेबिज रोगको संक्रमण पुष्टि भएसँगै गाउँबासीलाई नै एन्टी रेबिज भ्याक्सीन लगाइयो ।

९८ प्रतिशत रेबिज कुकुरको टोकाइबाट सर्ने भएकोले यसको संक्रमण समुदायमा फैलिन नदिन झण्डै २०० कुकुरलाई बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र वालिङ नगरपालिकाको समन्वय तथा केन्द«ीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको प्राविधिक सहयोगमा १०७ कुकुरको बन्ध्याकरण र १४१ कुकुरलाई रेबिज विरुद्धको भ्याक्सीन लगाइएको छ । यस्तै पुतलीबजार भित्रका ९८ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।

कुकुरले झम्टेंर हुने सडक दुर्घटना पनि निराकरण गर्न यो अभियान प्रभावकारी रहेको पशु चिकित्सक डा अर्जुन अर्याल बताउनुहुन्छ । मोटरसाइकलमा यात्रा गर्दा कुकुरले झम्टने र दुर्घटना हुँदा चोटपटक लाग्ने गरेको आर्यालको भनाई छ ।

सन २०३० सम्म रेविजको संक्रमण दर शुन्यमा झार्न नेपाल सरकारले विश्व पशु स्वास्थ्य संगठनसँग हस्ताक्षर गरेको छ । यद्यपी नेपालमा बर्षेनी ४० भन्दा बढीले रेबीजको कारण ज्यान गुमाउने गरेको केन्द्रीय रिफरल पशु चिकित्सालयका प्रमुख पशु चिकित्सक टंक प्रसाईको भनाई छ । स्याङ्जामा बेलबेलामा घरपालुवा जनावारलाई रेबिजको संक्रमण देखिएकोले यो अभियान स्याङ्जाको २ पालिकामा संचालन गरिएको प्रसाईको भनाई छ ।
७ वर्षभित्र रेबिज रोगको संक्रमण शुन्यमा झार्ने लक्ष्यलाई पूरा गर्न ३ वटै सरकारले साथ दिनुपर्ने प्रसाईले बताउनुभयो ।
वालिङ नगरभित्रको विभिन्न टोलमा सामुदायिक कुकुरले त्रास पैदा गरेको नगरउपप्रमुख कविता गैह्रेले बताउनुभयो । बन्ध्याकरण र एन्टि रेबिज भ्याक्सीनको अभियानलाई निरन्तरता दिने गैह्रेको भनाई छ ।

अहिले वालिङका विभिन्न टोलमा कुकुरको संख्या बढेको वालिङ नगरपालिकाका पशु शाखा प्रमुख लेखनाथ अर्याल बताउनुहुन्छ । विशेषगरी बालबालिका र मोटरसाइकल चालकलाई बढि टोक्ने गरेको अर्याल बताउनुहुन्छ ।
अर्याल भन्नुहुन्छ ,‘हामिले सकेसम्म वालिङका सबै सामुदायिक कुकुरलाई रेबिज बिरुद्धको भ्याक्सीन लगाउने प्रयास गरेका छौँ । वालिङका विभिन्न टोलमा झण्डै पाँच सयको हाराहारीमा सामुदायिक कुकुर रहेका छन् । ’
पछिल्लो समय सामुदायिक कुकुरले मानिसलाई डस्ने , पशु चौपायालाई टोकेर रेबिज सार्ने घटना बढेकोले यो अभियान निकै प्रभावकारी रहेको जनमानसको बुझाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.