धार्मिक सँस्कृतिक तथा सहिस्णुता जोगाउनको निम्ति स्याङजाको कालिगण्डकी गाँउपालिकाले पालिका स्तरको होली एकै स्थानमा मनाएको छ । छ वटा वडा रहेको कालिगण्डकी गाँउपालिकाले पछिल्लो समय होली भड्किलो हुँदै जान थालेपछि पालिकाले आफ्ना पालिका भित्रका विभिन्न धर्म सस्कार सस्कृति संग सम्बन्धित स्थानियलाई आफ्नो भेष भुषा सहित कालिगण्डकी गाँउपालिका वडा नं वडा नं ३ स्थित भुष्टुङमा होली विशेष कार्यक्रम गरेको हो । टोल टोलमा समुह समुह भई खेलीने होली भन्दा सिंगै पालिका एकै स्थानमा भई होली खेल्दा चाडवर्पको नाँउमा रङ हरुको दुरुपयोग नहुने,मदिरा सेवन गरि झै झगडा गर्नेको संख्या पनि कमि हुने र एउटा वडाको वासिन्दाले अर्की वडाको बासिन्दालाई चिन्ने मौका मिल्ने भएकोले पालिका स्तरिय सामुहिक होली कार्यक्रम राखिएको कालिगण्डकी गाँउपालिकाका अध्यक्ष खिम थापाको भनाई छ । मिस्रित बस्ती रहेको कालिगण्डकी गाँउपालिकामा होली खेल्नको निम्ति पालिका भित्र रहेका विभिन्न जात जातिका संस्कार सस्कृति भेष भुषा सहित उपस्थित रहेका थिय । होली खेल्न कालिगण्डकी गाँउपालिका भित्र रहेका विभिन्न वडाका २६ टोलीले आफ्नो सस्कार सस्कति संग सम्बन्धीत भेष भुषा सहित सम्बन्धित जात जातीका सस्कार र सस्कृति संग सम्बन्धीत बाजा र नृत्य पनि प्रस्तुत गरिएको थियो । होली विषेश कार्यक्रमा भजन कृतन खेली रोइला ठुलो नाँच मारुनी सोरठी रत्यौली लाखे नाँच झाम्रै सालैजो बालन मावल भजन नौमती बाजा सहित सहित मगर जाति संग सम्बन्धीत लोप उन्मुख जिवै मामा पनि प्रस्तुत गरिएको थियो । यस्ता किशिमको कार्यक्रम गर्दा विभिन जात जातिका सस्कार र सस्कृतिलाई एकै स्थानमा अवलोकन गर्न मद्धद पुग्नुका साथै खलबलीदै जान थालेको सदभावलाई एकता बद्ध हुन मद्धत पुग्ने कालिगण्डकी गाँउपालिकाको उपाध्यक्ष सावित्रा कोईरालाको भनाई छ । कालिगण्डकी प्रज्ञा प्रतिष्ठानको सहजीकरणमा गरिएको होली विषेश कार्यक्रममा विभिन्न १० विधाका छब्बीस वटा प्र्रस्तुती राखिएको थियो । कार्यक्रममा विभिन्न जात जाति बाट निर्मित खानाका परिकार प्रदशनि, साठी बर्ष काटेका जेष्ट नागरिकालाई निशुल्क शिविर सहित सरुवा रोग सम्बन्धी स्क्रिनिङ तथा खोजपड्ताल सिविर समेत गरिएको थियो । एकै स्थानमा होली सहित स्थानीय परिकार ,शिविर तथा विबिध सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाँउदा खुसी लागेको स्थानीयको भनाई छ ।
