वालिङमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

मेरो दृष्टि सम्बादाता जेष्ठ २५,वालिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा वालिङ नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ नगर कार्यसमितिको समेत चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा लोकनाथ बागाले , उपाध्यक्षमा सुरज मल्ल, सचिवमा दीपकला गैरे, सह–सचिवमा प्रकाश डुम्रे तथा कोषाध्यक्षमा बिनिता मल्ल चयन हुनुभएको छ । अधिवेसन बाट २५ सदस्यीय कार्यसमिति समेत गठन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको बर्तमान सहसिचव प्रकाश डुम्रेले जानकारी दिनुभयो। कार्यक्रममा जिल्ला कार्यवाहक अध्यक्ष ईश्वरी सेन, क्षेत्र नम्बर १ का अध्यक्ष, स्याङ्जा क्षेत्र नम्बर २ का अध्यक्ष लगायत विभिन्न नगरपालिका तथा गाउँपालिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.