अर्थकर्णालीखेलजीवनशैलीप्रबिधिबिश्वमनोरंजनसुदुर पश्चिमस्वास्थ्य

भारत र बंगलादेशबाट निर्वाध रुपमा औषधि आउने

काठमाडौं, फागुन २४ः कूटनीतिक पहलका कारण भारत सरकार निर्यातमा रोक लगाएको अत्यावश्यक औषधि नेपाल पठाउन सहमत भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले गरेको कूटनीतिक पहलपछि भारतले नेपालका लागि सहजरूपमा औषधि ल्याउन दिन सहमति जनाएको छ ।

भारतले विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ नेपाल पठाउन सहमति जनाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिनुभयो । वाणिज्य सचिवस्तरीय छलफलमा भारत नेपालमा औषधि पठाउन सहमत भएको वाणिज्य सचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

बङ्गलादेशले पनि अत्यावश्यक औषधि पठाउने विषयमा सकारात्मक जानकारी दिएको सचिव अर्यालको भनाइ छ ।

सचिव अर्यालले आफ्ना भारतीय समकक्षीसँग भएको छलफलका आधारमा औषधि र त्यसको कच्चा पदार्थ नेपाल पैठारी गर्न आयातकर्तालाई अनुमतिपत्र जारी गरेर सहज बनाउने समझदारी भएको जानकारी दिनुभयो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.