राजस्व संकलनमा सुधार

माधब गैह्रै काठमाडौं, फागुन २४ः

असार महिनामा अहिलेसम्म सरकारले ६३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । असार १ देखि २३ गतेसम्म ६३ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजस्व संकलनमा सुधार

असार १ गते सम्म ६ खर्ब ४९ अर्ब रुपैंयाँ राजस्व संकलन भएकोमा त्यसयता मंगलबारसम्म ७ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । असार महिनामा राजस्व संकलन केही सुधार भएपनि चैत, वैशाख र जेठमा सरकारको खर्च दायित्व पूर्ति गर्ने गरी राजस्व उठेन ।

दैनिक सवा दुई अर्ब रुपैयाँ राजस्व संकलन हुँदै आएकोमा लकडाउन अवधिमा दैनिक ५४ करोड रुपैयाँ मात्र राजस्व संकलन हुन थालेपछि सरकारलाई खर्च धान्न समस्या भएको थियो ।

सरकारले चैतको कर असार पहिलो सातासम्म कर दाखिला गरिसक्न करदातालाई आग्रह गरेको थियो । यद्यपि असार मसान्तमा बुझाउनुपर्ने करले सरकारको राजस्व केही बढ्ने भएपनि पुरानो भुक्तानी समेत दिनुपर्दा सरकारको खर्च दायित्व समेत वृद्धि भएको छ । यसले गर्दा सरकारलाई आम्दानी र खर्चको सन्तुलन मिलाउन कठिन परेको देखिन्छ ।

सरकारले अहिलेसम्म कुल वार्षिक लक्ष्यको ६६ प्रतिशत राजस्व उठाएको छ । यो अबधिमा कुल बजेटको झण्डै ६४ प्रतिशत खर्च भएको छ । जस्मा पुँजीगत खर्च ३५ दशमलब चार पाँच प्रतिशत र चालु खर्च ७७ दशमलब पाँच दुई प्रतिशत खर्च भएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.