स्याङजाको कालीगण्डकी गाँउपालिकाले आफ्नो पालीका भित्रका सम्पुर्ण घरधूरीको विद्युत महशुल अग्रीम भुक्त्तानी गरिदिएको छ । उज्यालो कालीगण्डकी गाँउपालिका निर्माणको निम्ति गाँउपालीकालले स्थानीय ४७०० घर धुरीका जनताहरुको पौष सम्मको न्युनतम महसुल अग्रमी भुक्त्तानी गरिदिएको हो । गाँउपालिकाले विध्युतको न्युनतम महसुल अग्रीम बुझाईदिएपछि यहाँका स्थानीयले प्रति २० युनिट सम्मको विद्युत महसुलमा छुट पाउने भएका छन् । पाँच बर्ष देखि निरन्तरता पाईरहेको उत्त कार्यक्रम छैटौ बर्षमा प्रवेश गर्दा कालीगण्डकी बासी स्थानीयलाई कुनै नौलो नभएता पनि न्युनतम विद्युत महसुल बुझाउन नसक्ने स्थानीय र त्यहाँ भन्दा माथी प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागी भनी फलदायी भएको गाँउपालीका अध्यक्ष खिम बहादुर थापाको भनाई छ । पहिलो पटकको चुनावी प्रतिवद्धता मध्य उज्यालो कालीगण्डकी पनि एक रहेकोले त्यसलाई निरन्तरदा दिई कोही अध्यारोमा नरहोउन भन्ने उदेश्यले उत्त कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष थापाको भनाई छ । उज्यालो कालीगण्डकी अन्तर्गतको यो अभियानले यहाँ बस्ने २१७२८ स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । न्युनतम २० युनिट सम्म विद्युत महसुलमा छुट दिदै आएको कालीगण्डकी गाँउपालिकाले स्थानीय सरकारको पालिका भित्र बसोबास गर्ने स्थानीयलाई स्वास्थ्य विमा बापत लाग्ने शुल्क पनि पालीका मार्फत नै बुझाईदिने गरेको छ । राज्य मार्फत नै आम नागरिकले पाउनु पर्ने यस्ता खाले सुविधा कालीगण्डकी गाँउपालिकाले प्रदान गर्दे आईरहेपछि यहाँका नागरिकले स्थानीय सरकारको अनुभुति गर्न थालेका छन् ।
