स्याङजाको हरिनास गाउँपालिकाको हटिया गृहकोट मानन्धर समाज भवन उत्घाटन गरिएको छ । हरिनास गाउँपलिका वडा नं ४ मा रहेको माथिल्लो हटिया गृहकोट समाज भवनको उत्घाटन गाँउपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्नु भएको हो । २०७७ साल बाट निर्माण कार्य सुरु गरिएको गृहकोट समाज भवनको आर्थिक बर्ष २०७७÷७८ मा गाँउपालिकाले पाँच लाख उन्साठी हजार एक सय त्रियासी रुपया बिनियोजन गरेको थियो भने उपभोक्ता बाट दुई लाख सत्साईस हजार छ सय त्रिहत्तर रुपया उपभोक्ताले साझेदारी गरेका थिय । उक्त विनियोजित बजेट बाट भवन सम्पन्न नभए पस्चात पुन गाँउपालिकाले २०७८÷७९ मा तिन लाख चौरहत्तर हजार एक सय दुई रुपयाँ थप बजेट बिजियोजन गर्दा उपभोक्ताले एक लाख उन्पचास हजार छ सय चालिस रुपया साझेदारी गरेका थिय । गाँउपालिका र मानन्धर समाजको संयुक्त लागत साझेदारीमा निर्माण कार्य सुरु भएको भवन कुल चौध लाख तिस हजार नौ सय उन्साठी रुपयाँ लागतमा सम्पन्न भएको हो । भवन निर्माणमा पालिकाले नै लाख त्रिचालिस हजार दुई सय पचासी रुपयाँ बराबरको रकम सहयोग गरेको छ भने उपभोक्ताले चार लाख सतासी हजार छ सय चौरहत्तर लागत साझेदारी गरेका छन् ।

भवन निर्माण सम्पन्न भए पस्चात स्थानीयले खुसी व्यक्त गर्दे लामो समयको पर्खाइ समापन गरिदिएकोले पालीकाको अध्यक्ष सहित पालिकको सिंगो टिम धन्यबादका पात्र रहेको उल्लेख समेत गरेका थिय । पालिकाका अध्यक्ष खिम मानन्धरको अनुसार सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भए पस्चात विवाह,ब्रतबन्ध जस्ता सामाजिक कार्य खुला आकास मुनी गर्नु पर्ने बाध्यताका अन्त्य भएको बताउनुभएको छ । हटिया गृहकोट मानन्धर समाजको उत्घाटन गर्दे अध्यक्ष मानन्धरले आफ्नो कार्यकाल अवधिभर अन्य समुहले निर्माण थालेका भवनको क्रमस सम्पन्न गर्ने उद्धोष समेत गर्नुभयो ।
