अर्थखेलगण्डकीजीवनशैलीप्रदेश १प्रबिधिबिश्वमनोरंजनस्वास्थ्य

ट्याक्सी सञ्चालनका लागि व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, असार २४ः प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।

समितिको आज सार्वजनिक यातायातसम्बन्धी मजदुर सङ्गठन र व्यवसायी महासङ्घका पदाधिकारीसँग कोभिड–१९ का अवस्थामा यातायात सञ्चालन गर्ने विषयमा छलफल बैठक बसेको थियो ।

बैठकले विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस मेनेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेको मापदण्ड पूरा गरी सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको हो ।

बन्दाबन्दीकै समयमा स्वास्थ्य मापदण्ड पूरा गरी केही पेशा व्यवसाय सञ्चालन भइरहेकाले सोही व्यवस्थाका आधारमा अर्थतन्त्रलाई चलायमान गर्न र सर्वसाधरणलाई आवतजावत सहज गर्न निर्देश गरेको हो ।

समितिले आगामी बैठकमा सार्वजनिक यातायात सञ्चालनका विषयमा सीएसी र भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गर्ने पनि निर्णय गरेको छ । बैठकमा मजदुर सङ्गठन र व्यवसायी सङ्गठनका प्रतिनिधिले बन्दाबन्दीका कारण मजदुरहरुको जनजीवन कष्टकर बनेको, आर्थिक सङ्कट बढेको र गुजारा चलाउन नसकेपछि आत्महत्यासम्मको अवस्था सिर्जना भएको बताएका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.