headline 1कृषिगण्डकी

मसला जोनको सुरुवाती संगै डिजिटल गाँउपालिकाको सुरुवाती हुने

माधब गैह्रै,वालिङ असार ३०,२०७७

मसला जोनको रुपमा स्याङजाको हरिनास गाँउपालिकालाइ चिनाउने अभियान सुरु भएसंगै हरिनास गाँउपालिकालाइ डिजिटल गाँउपालिकाको रुपमा अगाडी बढाइने भएको छ । एक कामको सुरुवाती भएसंगै हरिनासले गाँउको पहिचानको लागी डिजिटल गाँउपालिकाको सुरुवाती गर्न थालेको प्रमुख खिन नारायण मानन्धरले बताउनुभएको छ । मानन्धरको अनुसार डिजिटल गाँउपालिकाको सुरुवाती भए संगै डिभिजन बन कार्यलय संग होमस्टे र मिनि चिडियाघरको अवधारण लैजाने तयारी भइरहेको जनाउनु भएको छ । सप्ताहा व्यापी तेजपात बृक्षारोपण कार्यक्रममा बोल्दै मानन्धरले हरिनास गाँउपालिका भुगोलको हिसाबले पछाडि परेकोले पर्यटकीय सम्भावनाका आधारहरु अध्यन गर्दे आन्तरिक तथा बाहिय पर्यटक बढाउन पुरकोट भ्यु टावर निर्माण भइरहेको मानन्धरको भनाइ छ । कार्यक्रममा बोल्दै मानन्धरले निर्वाचनको बेला बोलेको कुरा सबै पुरा हुन नसकेता पनि केहि हद सम्म पुरा गर्न लागि परेको मानन्धरको भनाइ छ ।

वृक्षारोपण कार्यक्रममा बोल्दै अध्यक्ष मानन्धरले रोजगारी सृजना गर्ने गरि गाउँसभाबाट बजेट विनियोजन गरेको बताउदै कोही पनि बेरोजगार हुननपर्ने बताए । उनले हरिनास गाउँपालिकाले रचनात्मक तरिकाले युवायुवतीहरुको जोस र जागर प्रयोग गरि कृषि क्रान्ती गरि हरिनासलाइ सुखी र सम्बृद्धी बनाउन लागी परेको अध्यक्ष मानन्धरको भनाइ छ । यता तेजपातको बृक्षारोपण कार्यलाई सम्बोधन गर्दै हरिनासमा सुरु भएको नयाँ कामको सुरुवाती स्वागत योग्य भएको डिभिजन बन कार्यालय स्याङजाका प्रमुख कोमरलाज काफ्लेले बताउनु भएको छ । काफ्लेको अनुसार व्यवसाइक रुपमा तेजपात लगाए आर्थिक लाभ लिन सकिने भएता पनि कसैले चासो नदिएको बताउनु भएको छ । तेजपातको विरुवा हुर्कदै गएपछि पेन्सेनको रुपमा लिन सकिने बताउदै सबै हरिनास बासिहरुलाइ व्यवसाइक बन्न प्रमुख काफ्लेले अनुरोध समेत गर्नु भएको छ । विरुवा राम्रो भए अध्यन र अवलोकनको लागी विभिन्न ठाँउबाट पर्यटक आउने भएकोले होमस्टेको अवधारण समेत अगाडी बढाउन सकिने भएकोले गाँउको प्रसस्त रहेको काफ्लेको भनाइ छ । विरुवा लगाउने क्रममा अपुग भएमा डिभिजन वन कार्यलय तनहु संग पनि समन्वय गरिदिने काफ्लेलको भनइ छ । तेजपातको विरुवा रोपेर कार्यक्रम उत्घाटन गरेका काफ्लेले विरुवा कसरी लगाउने र त्यसको सम्भावनाको बारेमा समेत बताउनु भएको थियो । धेरै मानिसले विरुवा लगाउन नजानेकै कारण फल नदिएको बताउदै फल प्रप्त गर्न बैज्ञनिक हिसाबले लगाउन हरिनास बासिलाइ अनुरोध समेत गर्नुभएको थियो । कार्यक्रममा हरिनास गाउँपालिका उपप्रमुख झनमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, नेकपा हरिनासका नेता मनोरथ शर्मा, वडा नं. २ का अध्यक्ष पर्शुराम सिग्देल र स्वास्थ्य शाखाका प्रमुख विदुर सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.