headline 2गण्डकीसाहित्य

कविता: रानीद्वारा राज्य परित्याग

खुलेको दन्तेलहर भित्र
लुकेको रशिलो तिम्रो प्रेम
फुकेको केशको पर्दा पछाडी
फुस्स मुस्कान युक्त तिम्रो चित्र
माथी शिर्षक
रानीद्वारा राज्य परित्याग
स्रोत: मनको आवाज दैनिक ।

कति आनन्दित ती हिजोहरु
कति मुग्ध यो मन
उसै प्रफुल्ल नयनहरु
मख्ख पढेर मनको आवज
शिर्षक: राजा रानी प्रेम सरोवरमा ।

एकाएक स्वर परिवर्तन गर्दैछ
यो मनको आवाज
दिन उस्तै, घाम उस्तै
उस्तै ती जुन अनि रातहरु
हलचल मनको राज्यामा
कारण: रानीद्वारा राज्य परित्याग ।

आज बेचैनी छ जताततै
आन्दोलित मन शोसाशीत
विचार अनि विम्वहरु
मनको सिंहासनमा जालो काउकुतिको
कचहरी चलिरहेछ मन राज्यमा
एक मन भन्छ,
उ गद्दार हो, धोखेबाज
जलाइदेउ पुत्ला सपनिहरुको
ताेडिदेउ शालिक
प्रेमचोकको
घोषणा गरिदेउ
एका देशकि किलियाेपेट्रा
अनि यो देशकी पुर्व रानी
उस्तै उस्तै
स्वार्थ अनि सौर्न्दर्यको वेजाेड सङ्गम ।

जुरुक्क आर्को मन
ती सुकोमल नयन सागर
आज तैरिय त के भो
हिजो डुबेकै हाे चुर्लुम्म
जानेहरुको स्मृति सङ्ग्रह नै हो मन
उ पुर्व रानी तर चित्र उस्तै
कोमल, सुन्दर अनि सान्त
मोनालिसा अनि
स्मृतिमा रानीको ।

कति लालिफेरे घाम अनि जुनले
कति जवानी फुलहरुले
दिनरात, घामपानी
बिते बर्खा अनि हिउदहरु
फेरिए कति कथा सगै पात्रहरु
तर
एउटै कथा इतिहासको
शीर्षक: रानीद्वारा राज्य परित्याग
साभार: मनको आवाज दैनिक ।

नारायण चापागाई
वालिङ, स्याङ्जा

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.