रामको जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतको कडा टिप्पणी : भाजपाका नेताले गरे भर्त्सना

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भगवान रामको जन्म नेपालमा भएको भन्ने भनाइलाई लिएर भारतमा खैलाबैला मचिएको छ । भारतीय सञ्चारमाध्यम आउटलुकका अनुसार भारतको हिन्दुवादी सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता विजय शंकर शास्त्रीले ओलीको यस भनाइको कडा शब्दमा निन्दा गरेका छन् ।

प्रवक्ता शास्त्रीले भारत मै पनि त्यहाँका वामपन्थी पार्टीहरुले जनताको धार्मिक आस्थामाथि प्रहार गर्ने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको भनाइप्रति भारतका हिन्दुहरुले असहमति जनाउने बताएका थिए ।

रामको जन्म भारतमा नभई नेपालमा भएको भन्ने नेपालका प्रधानमन्त्रीको कथनप्रति कडा प्रतिक्रिया दिंदै उनले भने, ‘भगवान राम हाम्रो आस्था हो, हाम्रो आस्था रवि श्वासमाथि खेलवाड गर्ने कसैलाई अधिकार छैन चाहे त्यो कुनैपनि देशको प्रधानमन्त्री नै किन नहोस , हामी त्यसलाई सहन सक्तैनौ ।’

प्रधानमन्त्री ओलीले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा राम नेपालको अयोध्यापुरी भन्ने ठाउँमा जन्मिएको भन्दै विभिन्न ऐतिहासिक तथ्य प्रस्तुत गरेका थिए । गौतम बुद्धको नक्कली जन्मस्थान खडा गरेर अधिकार जमाए जस्तै भारतले रामको जन्मभूमि पनि फैजावाद (अयोध्या) भएको दावी गरेर इतिहासलाइ तोडमोड गर्दै नेपालमाथि सांस्कृतिक हस्तक्षेप गरेको जिकिर गरेका थिए ।

रामको बिबाह जनकपुरको राजकुमारी सितासंग भएको प्रसंग उल्लेख गर्दै ओलीले सञ्चार र यातायातको असुविधा भएकोतत्कालीन अवस्थामा भौगोलिक दूरीकै कारण पनि हालको अयोध्याका राजकुमारको बिबाह जनकपुरकी राजकुमारीसंग हुन सम्भव नभएको तर्क गरेका थिए ।

प्रधानमन्त्री ओलीले हाल रामको जन्मभूमि मानिएको अयोध्या बिबादित ठाउँ भएको भन्दै नेपालको बिरगंजको पश्चिमतर्फ रहेको अयोध्या भने बिबादरहित भएकोले रामको जन्म नेपालकै अयोध्यापुरी मै भएको ठोकुवा गरेका थिए।  सो अवसरमा उनले रामका पिता दशरथ नेपालकै राजा रहेको, बाल्मिकी आश्रम नेपाल मै रहेको, राजा दशरथले पुत्रलाभ गर्न रिडीमा यज्ञ हवन गरेको र रिडी नेपालमै रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले धेरै बैज्ञानिक तथ्य र ज्ञानको उत्पत्ति नेपाल मै भएपनि दुर्भाग्यबस् त्यसलाई निरन्तरता दिन नसक्दा नेपालको परम्परामाथि अतिक्रमण भएको दावी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.