स्याङ्जाको आँधीखोलाका विद्यालयमा आधुनिक प्रविधियुक्त सिकाइमा जोड
मेरो दृष्टि सम्बादाता असोज २,वालिङ
समय र प्रविधि परिवर्तन हुँदै जाँदा शिक्षण सिकाइलाई पनि सोहीअनुसार अघि बढाउनुपर्ने भन्दै आँधीखोला गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने अभियान थालेको छ। गाउँपालिकाले विद्यालयमा प्रविधिको प्रयोग बढाउँदै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यावहारिक बनाउने उद्देश्यले आधुनिक शैक्षिक सामग्री विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरेको हो। विश्व बजारमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले पहिलो चरणमा करिब १ करोड ३ लाख रुपैयाँ बराबरका आधुनिक शैक्षिक सामग्री विद्यालयहरूलाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो। अध्यक्ष पौडेलका अनुसार शिक्षा समयअनुकूल र प्रविधिमैत्री हुन नसक्दा शिक्षा प्रदान र शिक्षण सिकाइ दुवै प्रभावकारी नहुँने र राज्यले विद्यार्थी शिक्षक माथी गरेको लगानी सोचे अनुरुप प्रतिफल नपाईने भन्दै प्रभावकारी शिक्षा निति बनाउने उदेश्यले यो कार्य अगाढी बढाईएको अध्यक्ष पौडेलको भनाई छ। अध्यक्ष पौडेलको अनुसार “समय, प्रविधि र सिद्धान्तलाई समयअनुकूल अध्यावधिक गर्न नसके विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने बताउँदै गाउँपालिकाले विद्यालयमा उपलब्ध गराइएका सामग्रीको प्रयोग सम्बन्धी शिक्षकलाई तालिम प्रदान गर्ने समेत बताउनुभएको छ। गाउँपालिकाका अनुसार प्रविधिको प्रयोगले विद्यार्थीलाई नयाँ ज्ञान र सीपसँग जोड्नुका साथै बदलिँदो समयअनुसार प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कक्षाकोठामा डिस्प्ले बोर्डलगायत आधुनिक प्रविधिको प्रयोग गर्दै विद्यार्थीको सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउदै सिकाइमार्फत समयानुकूल शिक्षा प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्