headline 1मोफसल

स्याङ्जामा भेटीयाे दुर्लभ प्रजातिको अजिङ्गर

मे.दृ संवाददाता
स्याङ्जा , साउन १०
स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरी चौकीमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए । सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५-३० केजी तौलको रहेको जनाइएको छ । “कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने , “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।”

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले जानकारी दिए ।
यस अघि असाेज २२ गते गल्याङ नगरपालिका ९ मा पनि अजिङ्गर भेटिएकाे थियाे । उक्त अजिङ्गर बदिर्याकाे संरक्षित क्षेत्रमा छडिएकाे डिभिजन वन कायार्लयका प्रमुख काेमलराज काफ्लेले बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.