पत्रकार कोइरालाले गरे आफ्नो जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

मेरो दृष्टि सम्बादाता पौष,१४ वालिङ

प्रेस चौतारी नेपाल स्याङजाका सदस्य एव नेपाल पत्रकार महासंघ स्याङजाका सदस्य नारायण प्रसाद कोइरालाले आफुले अध्यापन गराउने भीरकोट नगरपालिका वडा न ८ मा रहेको पब्लिक एकेडेमीमा अक्षयकोषको स्थापना गरेका छन् । आफ्नो ३५औ जन्म उत्सवको आवसर पारी कोइरालाले आफ्नो स्वर्गीय हजुरबुबा एकनारायण कोइराला र स्वर्गीय हजुरआमा विन्द्राकुमारी कोइरालाको स्मृतिमा एकनारायण विन्द्रा अक्षय कोष स्थापना गरेको पत्रकार कोइरालाको भनाई छ । कोइरालाले अक्षयकोष स्थापना गर्नका निम्ति आफुले अध्यापन गराउने विद्यालयकी प्रअ देवका रेग्मीलाई पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँको चेक हस्तान्तरण गरेका थिय।कोइरालाले बालोदय आवासीय मावि र भाग्योदय मावि पनि अक्षयकोष स्थापना गरिसकेका छन्। २०६३ साल देखी बालोदय मावि भिरकोट बाट अध्यापनमा लागेका कोइरालाले अठार बर्षको लामो यात्रा भिरकोट स्थित बालोदय आवासीय माविमा वितायका थिय । कोइरालाले उितm बालोदय आवासीय माविमा अध्यापन गराउने क्रममा पनि आफ्नो जन्मदिनको अवसर पारी भाई शेखर प्रसाद कोइराला र नारायण कोइरालाको नाउमा पच्पन्न हजार पाँच सय पच्पन्न बराबरको अक्षय कोषको स्थापना गरेका थिय । २०८१ साल भाद महिना पछि बालोदय छाडी पब्लिक एकेडेमी अध्यापनमा लागेका कोइरालाले पछील्लो समयमा जन्मदिन रचनात्मक भन्दा पनि भडकिलो किसिमले मनाउनेको संख्या बृदी हुने गरेकोले रचनात्मक हिसावले पनि जन्मदिन मनाउन सकिन्छ भन्ने सन्देश दिन आफुले अध्यापन गराउने विद्यालयमा अक्षय कोषको स्थापना गरेको कोइरालाको भनाई छ । कोइरालाको अनुसार आफुले स्थापना गरेको अक्षय कोषबाट हुने ब्याज रकमले सोही विद्यालयमा अध्ययनरत इस ई ई परीक्षामा ३.२ भन्दा बढी जिपिए ल्याई उत्तीर्ण हुनेलाई छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.