अनलाईन टिकट पृथ्वी बसको यात्रा माईक्रोमा

अनलाईन टिकट पृथ्वी बसको यात्रा माईक्रोमा
सुशील सुवेदी
स्याङ्जा , पुष १०

स्याङ्जा हरिनास ३, का पदम अर्यालले घरमै बसेर पृथ्वी राजमार्ग बस सेवा मार्फत अनलाईन टिकट काटे । नेपाल मौरी पालक महासंघ केन्द्रीय उपाध्यक्ष अर्याल जनकपुरमा मौरीको कार्यक्रममा सहभागी हुन जाँदै थिए ।
लामो यात्रा हुने भएकोले सहज यात्रा गर्न अर्यालले पृथ्वी यातायातको बस रोजेका थिए । अनलाईन मार्फत रकम भुक्तानी भएपछि बी को ८ नं सिट बुक भएको सन्देश मोवाईलमा आयो ।
“बिहिबार जनकपुरमा कार्यक्रम हुने भएकोले अघिल्लो दिन बुधबार विहानको टिकट काटेँ पैसा भुक्तानी भयो तर गाडीले सम्पर्क गरेन ,”अर्यालले भने “दुलेगौँडामा विहानभर गाडी कुरेँ तर स्टाफले फोन नगरेपछि माईक्रो चढेँ ।”
“मैले विहानै देखि स्टाफलाई फोन गरेको छु , दुलेगौँडा छु भनेको थिएँ । घरी कोत्रे , घरी तालचोक भन्यो । ” अर्याल भन्छन् ,“गाडी कुरेको धेरै समय भएपछि फोन गरेको त दमौली पुगियो भन्छ , यस्तो लापरवाही अव नारायणगढबाट बस चढेर जानुपर्ला । ”
पृथ्वी राजमार्ग बाट संचालित ग २ ख ११६१ नं को बसको भाडा वापत अघिल्लो दिन नै बाह्र सय रुपैँया अनलाईन मार्फत भुक्तानी भएको थियो । यात्रुसँग पैसा लिने तर यात्रुको चासो नलिने कारण यात्रुले निकै दुख पाउने गरेको अर्यालले बताए ।
यता , सवारी साधनका स्टाफले आँफूहरुबाट गल्ती भएको स्विकार गरे । “हामीले भुलेछौँ बरु बाटोमा कुरेर उहाँलाई लैजान्छौँ ”,स्टाफले बताए ।
“हामीले घरमै बसेर टिकट काट्न प्रोत्सहान गछौँ तर गाडी स्टाफले यस्तो लापरवाही गर्छन ,”पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष योगेन्द्र केसीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.