सिद्धार्थ राजमार्ग बनाएको करिब ५० बर्ष पुगी सक्दा पनि पछिल्लो समयमा मर्मत गर्ने काम कम हुन थालेको छ । दैनिक साना ठुला गरी हजारौ सवारी साधन गुड्ने यस राजमार्गलाइ आवश्यकता अनुसार मर्मत सुधार गर्न नसक्दा धेरै यात्रु हरुले सास्ती भोग्न बाध्य भएका छन् । पोखरा देखि वुटवल तानसेन सडक खण्डको फेदिखोला,पानीमिल,सिद्धबाबा लगाएत सडकको विचविचवाट भासिने क्रम वढ्दै जादा यस सडक खण्ड उच्च जोखिममा रहेको हो । पोखरा देखि बुटवल सम्म जोड्ने सिद्धार्थ राजमार्ग एक मात्र सडक भएकोले सवारीको चाप बढे संगै भासीन थालेको हो । एकातर्फ माथीवाटको पहिरो अर्को तर्फ तलवाट सडक भासीदा अत्यन्त जोखीम युक्त तवरले सवारी चलाउनु पर्ने अवस्था रहेको सवारी चालकहरुको भनाई रहेको छ । वुटवल देखि पाल्पा हुदै गुल्मी, पर्वत ,पोखरा लगाएत १२ वटा जिल्ला जोड्ने यस सडक खण्डले हाल आर्थिक तथा पर्यटन विकासमा समेत अवरोध पुर्याउदै आएको छ । पहीरो तथा वाटो भासीनजादा खेरी वेलावेलामा सवारी साधन तथा यात्रु अलपत्र पर्ने गरेको र ठुला सवारीका साधनलाई नियन्त्रण नर्गदा जोखिम मोलेर सवारी हाक्नु पर्ने वाध्यता भएको सवारी चालक सम्शेर खानको भनाई रहेको छ । दैनिक रुपमा हजारौको संख्यामा गुड्ने साना ठुला सवारीका साधनहरु विच सडकमा अलपत्र हुदा यात्रुहरु भोक भोकै विच वाटोमै अलपत्र पर्ने गरेका छन् । पहिरो खसेर अवरुद्ध हुदै आएको यो सडक अहिले भासीन सुरु गरेपछि थप समस्या उत्पन्न भएको छ । समयमै स्तर उन्नती गर्न नसके जुनसुकै वेला पनि यो सडक पूर्णरुपमा वन्दै हुन सक्ने देखिएको छ ।