headline 1

युवालाइ उद्यमी बनाउन फेदीखोलाको डिजिटल संवाद

बिना व्याज बिना धितो ५ लाख सम्म सहुलियत लगानी गर्नेछौँ । तपाइहरु उत्पादन गर्नुहोस् ,खरिद गर्न घर घरमा कृषी एम्बुलेन्स पठाउँछौँ

सुशील सुवेदी
स्याङजा , २८ साउन
२१ औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा फेदीखोला गाउँपालिकाले सरोकारवाला बिच डिजिटल संवाद गरेको छ । बैदेशिक रोजगारीबाट फर्केका र बेरोजगार भएका युवालाइ लक्षित गर्दै युवा उद्यमशिलता प्रवद्र्धन कार्यक्रमम आयोजना गरिएको हो ।
युवाहरुले स्थानीय सरकार सँग गरेको उपेक्षा र वित्तीय संस्थाले युवाह उधमशिलतामा प्रवहा गर्ने सुहलियत कर्जाको बिषयमा छलफल केन्दि«त रहेको थियो । पालिका , वित्तीय संस्था र युवा उद्यमीहरु बिच भिडीयो कन्फ्रेन्स मार्फत गरिएको छलफलमा उद्यमी बन्न चहाने युवाहरुले पालिकाको नयाँ कार्यक्रम र बैकं वित्तीय संस्थाले गर्न सक्ने सहुलियत कर्जाको विषयमा जिज्ञासा राखेका थिए । अधिकाशं युवा उद्यमीहरुले कृषी कर्जा सहज रुपमा पाउन नसकेको गुनासो गरेका थिए ।
वैदेशिक रोजगारी बाट फर्किएका र स्वदेशमै रहेका पालिकाभित्रका युवाहरुलाइ उद्यमशिलता प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । उनले भने , ‘युवाहरुले पालिका सँग गरेको अपेक्षा र पालिका भित्र युवा उद्यम प्रवद्र्धन गर्न लगानीको अवसर खोज्ने प्रयासको थालनी गरेका हौँ ।’
गाउँपालिकाले कृषी क्षेत्रलाइ प्रवद्र्धन गर्न एक घर एक टनेल कार्यक्रमको सुरु गरेको छ । पहिलो चरणमा १२०० घरधुरीमा यसको अभियान संचालनमा ल्याइएको छ । कृषि उपज संकलन केन्द« मार्फत कृषिजन्य उत्यादन बिक्री बितरण गर्ने कृषकलाइ १५ रुपैयाँ अनुदान दिने पालिकाले प्रबन्ध मिलाएको बताउँदै सुवेदी भने , ‘बिना व्याज बिना धितो ५ लाख सम्म सहुलियत लगानी गर्नेछौँ । तपाइहरु उत्पादन गर्नुहोस् ,खरिद गर्न घर घरमा कृषी एम्बुलेन्स पठाउँछौँ ।’
नेपाल राष्ट्र बैकंले तोके बमोजिम प्रामइ युवा किसान कर्जा , प्राइम स्वरोजगार कर्जा लगाएतको कर्जा प्रदान गर्न सक्ने फेदिखोला प्राइम कमर्सियल बैकंका प्रवन्धक लोक ब. कुवांरले बताए । कवांरले भने , ‘ प्राइम स्वरोजगार मार्फत धितो नभएको तर व्यवसाय गर्न चहाने युवाहरुलाइ सामूहिक जमानीमा एक लाख पचास हजार सम्म कर्जा प्रदान गर्न सकिनेछ । ’यस्तै बिभिन्न वित्तीय संस्थाहरुले लघु उद्यम कर्जा मार्फत ग्रामीण क्षेत्रमा रहेका साना व्यवसयीलाइ सहुलियत कर्जा प्रदान गर्ने कार्यक्रम लागु गरिएको बताए ।
विदेशबाट फर्केर रोजगार गुमाएका हरुको लागि पालिकाले युवाहरुलाइ प्रवद्र्धन गर्ने बिशेष कार्यक्रम ल्याएको गाउँपालिका उपाध्यक्ष देवी थापाले बताइन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.