पालिकाले बारीबाटै खरिद गर्यो कृषकको आलु

माधब गैह्रै,वालिङ भदाै ६

खेतबारी मै तरकारी कुहिने र बिचौलियाको मारमा परेका कृषकलाइ मध्यनजर गर्दै आँधिखोला गाउँपालिकाले खेतबारी बाट आलु खरिद गर्न थालेको छ । आधिँखोला १ भकिम्ले , दत्तेलटे त्रिवेणीका कृषकको बारीबाट आलु खरिद गर्दै बजार ग्यारेण्टी गर्न थालेपछी यहाँका किसान बाँझो जमिनको समेत सदुपयोग गर्दै आलु खेती तर्फ आकर्षित भएका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माटो परीक्षण गरेर यस श्रेत्रलाइ आलु पकेट क्षेत्र बनाउन पालिकाले निशुल्क बिउ बिजन, प्राबिधिक सहयोग र बजार ग्यारेण्टी गरेको थियो । अहिले यहाँको बाँझो जमिनमा ३३ घरधुरीले पहिलो चरणमा ३६०० केजी आलु उत्पादन गरेका थिए । गाउँपालिकाले कृषकको बारीमा नै गएर ३६०० केजी आलु खरिद गर्दै बजारको ग्यारेन्टी गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । उनले भने , ‘आवश्यक परामर्श ,निशुल्क बिउ बिजन हामि दिन्छाैँ , योजना बनाएर आनुहोस् ।’

आँधिखोला गाउँपालिकाका अध्यक्ष कृषाककाे बारीमा पैसा वितरण गद्रै

भकिम्लेको आलु भनेर आज भन्दा २५ वर्ष अगाडी देखि यो ठाउँ परिचित भएपनी बसाइसराइको कारण बाँझो जमिनलाइ पुन उत्पादान सँग जोडिएको पौडेलले बताए । कृषि ज्ञान केन्द्रको सहयोग तथा आँधीखोला गाउँपालिकाको समन्वयमा दत्तेलोटेलाई आलुको पकेट क्षेत्र बनाउन यो अभियान सुरु गरिएको हो । कृषकले प्रति केजी ५५ रुपैँया प्राप्त गरेका छन् भने उपभोक्ताले पनि सहुलियत दरमा उपभोग गर्न पाएका छन् । यो कार्यले कृषि उत्पादन बिक्री नभएर खेत बारीमै कुहिने, बिचौलीयाहरुले कम मूल्य दिने जस्ता समस्याहरूको अन्त्य भएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । ‘काम गरे राम्रो आम्दानी हुँदो रहेछ ’ ,कृषक दिपक पंगेनीले बताए । उनी भन्छन् , ‘कता गएर बेच्ने ? बिचौलियाले मुल्य कम दिए कि भन्ने चिन्ता हरायो । अब उत्पादन मात्र गरिन्छ । ’ गाउँपालिकाले संञ्चालन गरेको कृषी एम्बुलेन्स मार्फत उत्पादीत आलु उपभोक्ताको घरघरमा बिक्री गरिएको थियो । आँधिखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको कृषि उपज बिक्रि केन्द« मार्फत पनि यसको बजार व्यवस्थापन गरिने कृषिक प्राविधिक बिबेक आचार्यले बताए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.