headline 1गण्डकी

मेयरकी छोरीले दिइन पत्रकारलाइ ज्यान मार्ने धम्की

गिरीले लेखिन् , ‘श्रीमती र बालबच्चा पाल्नु पर्दैन , ज्यान प्यारो छ हजुर ज्यान । ’

सुशिल सुवेदी
स्याङजा , १२ भदौ ।
समाचार सम्प्रेशण गरेकै भरमा संचारकर्मीलाइ ज्यान मार्ने सम्मको धम्की आएपछि प्रेस संङ्गठन स्याङ्जाले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय स्याङ्जालाइ प्रेस विज्ञप्ति बुझाएको छ ।
गत साउन २६ गते वालिङमा भएको एक घटना जहाँ चापाकोट नगरपालिकाका नगरप्रम्ुख शिब कुमार गिरी सँगै आएका केही युवा समुहले वालिङका एक युवालाइ कुटपिट गरेर घाइते बनाएका थिए । सोही समाचार सम्प्रेशण गरेकै आधारमा संचारकर्मी मोहन गुरुङलाइ सामाजिक संजाल मार्फत ज्यान मार्ने धम्की आएको हो ।
साहित्य गिरीले सामाजिक संजाल (फेसबुक) म्यासेन्जरमा लेखेको ‘पार्टी फरक हुँदैमा ज्यानको माया छैन श्रीमती र बालबच्चा पाल्नु पर्दैन , ज्यान प्यारो छ हजुर ज्यान । ’ शब्द प्रति प्रेस संङ्गठन स्याङ्जाको गम्भीर ध्यानाकर्षण भएको संङ्गठनका संयोजक मुक्ती न्यौपानेले बताए ।
धम्की दिने गिरी चापाकोट नगरप्रमुख शिब कुमार गिरीको छोरी भन्ने बुझिन आएकोले आवश्यक अनुसन्धान गरि कारबाही गर्न प्रेस विज्ञप्तीमा माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति स्याङ्जाका सदस्य एवं दृष्टि लाइभ डट कमको सम्पादक समेत रहेका गुरुङलाई यसरी आएको धम्कीले सिङ्गो जिल्लामा क्रियाशिल पत्रकारलाइ चुनौती दिएको न्यौपानेले बताए ।
यसैगरि नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले पनि प्रेस बिज्ञप्ती मार्फत यस्ता घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सत्य तथ्य छानबिन गरि कारबाहीको प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख होबिन्द« बोगटीले बताए । उनले भने , ‘संचार श्रेत्रमा आएको चुनौती प्रति हामी पनि संवेदनशील छौँ , कुनै पनि आरजक घटना मा संल्गनलाइ उन्मुक्ति दिइने छैन ।’
यसैगरि प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले संचरकर्मीको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्ने बताए । राज्यले चौथो अङ्गको रुपमा परिभाषित गरेको पत्रकारिता पेशा सुरक्षित बन्न आवश्यक देखिन्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.