headline 1गण्डकी

जिल्लामा गुण्डागर्दीको अन्त्य गर्छु : एस पी बोगटी

एस पी बोगटी भन्छन् , ‘कानुनको बर्खिलाप गएर अपराध घटाउन खोज्ने कुै पनि विषय प्रहरीलाइ सहिय हुँदैन । ’

मेरो दृष्टि संवाददाता
स्याङ्जा , भदौ १२
बुधबार जिल्ला आगमन भएका प्रहरी प्रमुख होबिन्द« बोगटीले स्याङ्जामा गुण्डगर्दीलाइ अन्त्य गर्ने बताएका छन् । एसपी बिमल राज कंडेलको सरुवा सँगै जिल्ला आएका बोगटीले बिहीबार संचारकर्मीसँग कुराकानी गर्दै जिल्लामा अशान्ति , अराजकता फैलाउने तत्वको अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
‘ जिल्लाको शान्ति सुरक्षामा कसैको भनसुनको आधारमा पिडीतले न्याय नपाउने पक्षमा हामी छैनौँ ’, बोगटी भन्छन् ,‘ जिल्लामा शान्ति सुरक्षा प्रत्याभुत गराउने हाम्रो प्रमुख दायित्व हो , कुनै पनि दोषीलाइ कारबाहीहो दयरामा ल्याउँछौँ ।’
पछिल्लो समय जिल्लाका केही श्रृङखलाबद्ध घटनामा राजनैतिक रङ्ग देखिएपछी जिल्लाको सुरक्षा प्रशासन माथी चुनौती थपिएको थियो । चापाकोट नगरभित्र कृषी विकाश बैँकको कर्मचारी कुटीनु , चापाकोट नगरप्रमुख कै अगाडी वालिङका एक युवा घाइते हुनु जस्ता विषय राजनैतिक मुुद्धा बन्न पुगेको थियो ।
सोही सामाचार लेखेकै भरमा संचारकर्मी माथी ज्यान मार्ने सम्मको धम्की आएपछी प्रेस विज्ञप्ती बुझाउन गएका संचारकर्मीसँग बोल्दै एस पी बोगटी भन्छन् , ‘कानुनको बर्खिलाप गएर अपराध घटाउन खोज्ने कुनै पनि विषय प्रहरीलाइ सहिय हुँदैन । ’

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.