यस वर्ष अनलाइन विधिबाट सोह्र श्राद्ध गरिने, दक्षिणा ई सेवाबाट पठाइने

भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ।
पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ। धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै नगरे पनि दोष लाग्छ।
तर, कोरोना महामारी बढिरहेकाले भेटघाट, जमघटको परिस्थिति छैन। यस्तो अवस्थामा सोह्र श्राद्ध कसरी गर्नेरु यजमानहरू अलमलमा परेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन्।
यजमानहरू मात्र होइन, धार्मिक विद्वान्हरू पनि यसमा चिन्तित छन्। कतिपयको राय भर्चुअल अनलाइन श्राद्ध गर्नेछ। कतिपय ब्राह्मण सामुन्ने भएरै गर्नुपर्ने पक्षमा छन्। उनीहरू भन्छन्, ‘पछि सार्न पनि शास्त्रले रोकेको छैन। बरु सारौं।’
वैदिक कर्मकाण्ड महासंघ नेपालका कार्यवाहक अध्यक्ष रामचन्द्र भण्डारी महामारीबीच श्राद्ध गर्न भर्चुअल विधि अपनाउन सकिने बताउँछन्। ‘असम्भव भन्ने के नै छ र अबरु कहिल्यै नगरेको भनेर केहीलाई अलि नौलो लाग्न सक्छ। तर यो समयसापेक्ष बनाउन सकिन्छ’, उनी भन्छन्।
द्यष्मज ीबद
उनका अनुसार यजमान र पण्डित÷पुरोहितबीच सहज र सहमति भए म्यासेन्जर, ह्वाट्सएप, जुमलगायत भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गरेर पितृको उद्धार गर्न सकिन्छ। ‘पुरोहित नजिकै भए श्राद्ध सकेपछि दूरी कायम गर्दै दानदक्षिणा गरे भयो’, उनी भन्छन्, ‘नत्र बैंक खाता, ई–सेवा, खल्तीजस्ता प्रविधि प्रयोग गरेर पठाउन पनि सकिन्छ।’
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा।डा।माधव भट्टराई ‘अन्तिम विकल्प’का रूपमा भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न सकिने बताउँछन्।
‘सोह्र श्राद्धमा केही नगरी बसे पितृ असाध्यै रुष्ट हुन्छन्, दिन पर्खेर बसेका हुन्छन्। त्यसैले सन्तानले पिण्डपानी दिएपछि तृप्त हुँला भनेर पर्खिएकाले समयमै गर्नुपर्छ’, पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष डा।भट्टराई भन्छन्, ‘अन्यथा पितृ निराश हुन्छन्। उनीहरूमा सुस्केरा आउँछ। पितृ रिसाए सन्तानको सुख, समृद्धि हरण हुन्छ भन्ने मान्यता छ।’
त्यसकारण कोरोनाका कारण अरू विकल्प नभए वैज्ञानिक प्रविधिले दिएको सुविधा प्रयोग गरेरै भए पनि श्राद्ध गर्नुपर्नेमा उनको जोड छ।
धार्मिक परिषद् नेपालका सचिव केशवप्रसाद चौलागाईंका अनुसार कोरोनाका कारण घरघर पुगेर सोह्र श्राद्ध गर्नुभन्दा प्रविधिको प्रयोग गरी कार्यसिद्धि गर्नु उपयुक्त हुन्छ। ‘इन्टरनेट भएपछि घण्टौं बोले वा भिडियो कल गरे पनि सहजै छ’, उनी भन्छन्, ‘पुरोहितसँगको भिडियो कन्फरेन्स गरेर सिक्दै श्राद्ध गर्न सकिन्छ, संस्कार पनि बच्छ।’
पञ्चांग निर्णायक समिति नेपालका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतम भने शास्त्रहरूमा धेरै विकल्प दिए पनि प्रविधिको प्रयोग गरेर पुरोहित टाढै बसेर श्राद्ध गर्ने अनुमति नदिएको बताउँछन्।
‘हुन त अमेरिकामा बस्नेहरूले सुत्केरी आदि हुँदा नेपालबाटै ब्राह्मणले काम चलाएका छन्’, उनी भन्छन्, ‘तर, यो चाहिँ लोकका आँखामा छारो हालेजस्तै हो। हरेक कर्मकाण्डमा पुरोहित सामुन्ने भएर गर्नु सबैभन्दा उत्तम कार्य हो।’
उनका अनुसार सोह्र श्राद्धको यो समयमा अर्थात् भदौभरि सिंह राशिमा सूर्य रहन्छन्। असोज पुरुषोत्तम मास छ, शास्त्रअनुसार श्राद्ध गर्नु हुँदैन। ‘त्यसैले शास्त्रले दिएका विकल्पअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिन्छ’, उनी भन्छन्, ‘त्यो बेला पनि समय असहज भए तिहारे औंसीमा र त्यति बेला पनि नभए मंसिर लाग्ने संक्रान्तिअघि गर्न मिल्छ।’
यो समचार सगरमाथा डट कम मा छापिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.