सांसदको सुझाव:शिक्षकदेखि पार्टीका कार्यकर्तासम्म परिचालन गरौ

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सांसदहरूले शिक्षक, विभिन्न संघ संस्थाका व्यक्ति तथा पार्टीका कार्यकर्ता परिचालन गर्नुपर्ने सुझाव दिएका छन्।
आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा भएको छलफलमा सांसद सन्त थारूले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न विभिन्न संघ संस्था र पार्टीका कार्यकर्ताहरूलाई परिचालन गर्नुपर्ने बताए।
उनले सीमा क्षेत्रमा कडाइ समेत गर्न सुझाव दिएका छन्। उनले टिभीमा मात्रै कुरा नगरी सही तरिकाले काम समेत सुझाव दिए। त्यस्तै सांसद सरिता न्यौपानेले होम आइसोलेसनलाई व्यवस्थित बनाउन आग्रह गरेकी छन्।
उनले उपत्यकाका अधिकांश घरमा पुरै परिवारका लागि एउटा मात्रै शौचालय प्रयोग हुने गरेको बताउँदै संक्रमितको लागि उचित व्यवस्था मिलाउन सुझाव दिएकी हुन्। साथै ल्याबको रिपोर्ट ढिला आउँदा पनि संक्रमणको दर बढ्न थालेको उनले बताइन्।
सांसद अञ्जना विशंखेले स्थानीय तहलाई शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका व्यक्तिहरुको सूची संकलन गर्न लगाइ स्वयंसेवी रुपमा परिचालन गर्न सुझाव दिएकी छन्।
निःशुल्क सेवा गर्न सक्ने र पारिश्रमिक लिएर काम गर्नेहरुलाई वर्गीकरण गरेर परिचालन गर्नुपर्ने उनले बताइन्।
त्यसैगरी उपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहीन स्यानीटाइजर बिक्री भइरहेको गुनासो आएकाले अनुगमन गर्नुपर्ने बताएका छन्।
कालिमाटी तरकारी बजारमा पनि धेरै संख्यामा संक्रमण हुन सक्ने व्यापार गर्न नपाउने डरले उनीहरू लुकेर बसेको हुन सक्ने भन्दै श्रेष्ठले उनीहरूको खोजी गरेर परीक्षण गर्न सुझाव दिए।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.