स्वास्थ्यको लागि खेलकुद आवश्यक भन्दै चापाकोट नगरप्रमुख द्धारा भलिबल वितरण

भदौ २७

स्वास्थ्यभको लागि खेलकुद आवश्यक भन्दै चापाकोट नगरप्रमुख द्धारा भलिबल वितरण गरेका छन् । चापाकोट नगरप्रमुख शिवकुमार गिरि चापाकोट नगरपालिकाको विभिन्न वडाको टोलमा पुगेर भलिबल र नेट वितरण गरेका हुन्  ।  चापाकोट नगरपालिकाको वडा नम्बर ८ को माडी ,दामाचौर  वडा नम्बर ५ को बिसटारी ,हिलामर्याङ ,मकैडाडामा पुगि त्यस ठाँउका जनताहरुलाई प्रत्यक्ष भेट्नुका साथै युबाहरुलाई खेलको बिकास गर्नका लागि भलिबल र जाली बितरण गरेका हुन् ।

भेटका क्रममा  आफू केही समय बिरामी भएको कारण जनतासंग भेट हुन नपाएको हुदा अहिले आफु बिस्तारै स्वस्थ्य हुँदै गएकोले अब १० वटै वडाको टोल टोलमा पुगि त्यहाँको समस्याहरुको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । विभिन्न ठाउँका युवाहरु सित नै भेटेर चाहाना अनुसार र हरेक दुखमा साथ दिने वचन दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.