प्रवासी नेपाली एकता मञ्च ओमनले सदस्य कार्कीलाई बिदाई गर्‍यो

भदौ २७ शनिवार

ओमानको आफ्नो मजदुरिलाई अन्त्य गर्दै,स्वदेश फर्किरहेकाहरुलाई औपचारिक बिदाई कार्यक्रम गरेको छ । । मञ्चका अध्यक्ष उमेश बि कको अध्यक्षतामा गरिएको उक्त औपचारिक कार्यक्रम सचिव महेस प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो । उपस्तिथिहरुलाई सिटआशन गराउदै,एक मिनेट ज्ञात अज्ञात शहिदहरु प्रती मौनधारण गरि सुरु भएको कार्यक्रममा बिदाई मन्तव्यहरु सोमकृष्ण श्रेष्ठ, रञ्जित आचार्य,रामभक्त सडौला लगायत सदस्य हरुबाट उहाँको आगामी जीवन उज्वल्ताको कामना व्यक्त गर्नु भएको थियो ।

अर्जुन कुमार कार्कीले निभाएको जिम्मेवारी भुमिका प्रती पार्टी/संगठनले गरेको यो बिधाई मुल्यांकन प्रती समग्र पार्टी तथा संगठनलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै स्वदेशमा समेत त्यो भुमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । अन्त्यका अध्यक्ष कमरेड उमेश बि क बाट कमरेड अर्जुन कार्कीले प्रवासमा रहेर पनि पार्टी,संगठन,विभिन्न समाजिक/मानवीय कार्यहरु प्रती निभाउनु भएको भुमिकालाई मञ्चले उच्च संमान गरेको/गरिरहने र त्यो भुमिका अथवा निरन्तरता जन्मभुमिमा समेत रहिरहने आशा र बिस्वास व्यक्त गर्दै,पार्टी तथा संगठनका कदरपत्र,बिदाईपत्रको साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रमा सिफारिस पत्र समेत हस्तान्तरण गरि,शुभयात्राको कामना सहित बिधाई कार्यक्रम अन्त्य गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.