सहकारीले कर्जा प्रवाह गर्दा १४ ।७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिलको सोमबार गरेको निर्णय अनुसार अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४ ।७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन । यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो । यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।
अब सहकारी संस्थाले बचतमा अधिकतम् ८ ।७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् ।
सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्