स्याङ्जा को वालिङ नगरपालिका वार्ड १४ तमादिमा गए राति पैरों जाँदा एकै घर परिवार को ९ जना को मृत्यु भएको छ । मृत्यु हुने मा माया नेपाली,दीपक नेपाली,सनी नेपाली,उमाकाला नेपाली, र विवश नेपाली,बिनिता नेपाली,बिक्रम नेपाली,शिशिर नेपाली र ५ महिनाको एक बालक रहेका छन् । उक्त घटना मा एक जना लाई जीवित नै उद्धार गरिएको छ । जीवित रहने मा मनिषा नेपाली रहेकी छन् । उनको अवश्था सामान्य रहेको छ । उनी वालिङ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र मा उपचार पछि पोखरा रिफर गरिएको छ । उनको अवश्था सामान्य रहेको परिवारिक श्रोतले जनाएको छ ।