पुतलीबजारका जनप्रतिनिधीद्धारा ‘६ लाख’ राहातकोषमा जम्मा असोज ९

असोज ९ मेरो दृष्टि सम्बादाता

स्याङजा सदरमुकाम पुतलीबजारमा रहेका पुतलीबजार नगरपालिकाका जनप्रतिनिधीहरुले नगरपालिकाद्धारा संचालीत कोराना राहातकोषमा ६ लाख ४० हजार २ सय ५० रुपैया जम्मा गरेका छन् । कोरोना न्यूनिकरण गर्न सहयोग पुग्ने बताउदै पुतलीबजारका जनप्रतिनिधीहरुले उक्त रकम जम्मा गरेका हुन् ।
पुतलीबजार नगरपालिकाका ७३ जना जनप्रतिनिधीहरुले आफुले पाउने मासिक सेवा सुविधाबाट आधा रकम सहयोग गरेका नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । नगर प्रवक्ता अधिकारीले जनप्रतिधिनीहरुको ठुलो सहयोग रहेको बताउदै कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने बताए ।
जनप्रतिनिधीहरुले गरेको आर्थिक सहयोग नियम अनुसार कोरोना नियन्त्रणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बताए । सहयोगको दुरुपयोग नहुने प्रतिवद्धता जनाउदै ढकालले आर्थिक तथा नैतिक सहयोग गरेकोमा जनप्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरे ।
राहतकोषमा नगरप्रमुख सिमाकुमारी क्षेत्रीले २० हजार २ सय ५०, उपप्रमुख महेश पुरीले २३ हजार ५ सय, नगरापालिका भित्र रहेका १४ वटा वडा अक्षध्यहरुले प्रति व्यक्ती १३ हजार र ७ जना कार्यपालिका सदस्यहरुले प्रति व्यक्ती ११ हजार रुपैया नगद सहयोग गरेका हुन् । त्यसैगरी ५० जना सबै प्रकारका वडा सदस्यहरुले प्रति व्यक्ती ६ हजार ७ सय ५० रुपैया सहयोग गरेका हुन ।
आवश्यक परेको खण्डमा अझै आर्थिक सहयोग गर्ने जानकारी दिदै नगरप्रमुख सिमाकुमारी क्षेत्रीले एक्लैले मात्रै केही गर्न नसकीने बताई । गन्तव्यमा पुग्न सवैको सहयोग आवश्यक पर्ने बताउदै नगरप्रमुख क्षेत्रीले नमुना नगरपालीका बनाउन सबैले रचनात्मक सहयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.