headline 1गण्डकीमोफसल

दियालो संस्थाको समन्वयमा केयर नेपाल र युकेएडद्वारा वालिङलाई आपतकालीन सामग्री प्रदान

वालिङ असोज १० मेरो दृष्टि सम्बादाता

दियालो गैरसरकारी संस्थाको समन्वयमा केयर नेपाल र युकेएडद्वारा वालिङ नगरपालिकालाई आपतकालीन सामग्री हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका कार्यालयमा दियालो गैरसरकारी संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आपतकालीन सामग्री हस्तान्तरण गर्नुभएको हो ।

अविरल वर्षासँगै आएको पहिरोले ज्यान गुमाएका परिवार, विस्थापित परिवार तथा नगरका विभिन्न वडामा प्राकृतिक विपत्तिमा परेकाहरुलाई नगरपालिकामार्फत उपलब्ध गराउने उद्देश्यले आपतकालीन सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गैह्रेले बताउनुभयो ।

केयर नेपालद्वारा बेसिक सेल्टर किटस् ५० थान, ब्ल्याङ्केट १०० थान, डिग्निटी किटस् ५० थान र हाईजिन किटस् ५० थान उपलब्ध गराएको छ । प्याकेजका रुपमा रहेका उक्त सामाग्रीमा तत्कालका लागि आवश्यक पर्ने कपडाहरु समेत रहेकाछन् ।

आपतकालीन सामग्री ग्रहण गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आपतकालीन सामग्री उपलब्ध गराएकोमा सहयोगदाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त सामग्री वास्तविक प्रभावितहरुमाझ पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

आपतकालीन सामाग्री हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रबक्ता एबं वडा नम्वर १ का अध्यक्ष केदार काफ्ले, वडा नम्वर ११ का अध्यक्ष बसन्त कुमार मल्ल, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे, सुआहारा कार्यक्रमका गण्डकी प्रदेश संयोजक याम जिसी लगायतको उपस्थिती रहेको थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.