रेडक्रसद्वारा पहिरो प्रभावित परिवारलाई सहयोग

वालिङ, १० असोज मेरो दृष्टि सम्बादाता

बिहीबार पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको ठाउँमा फेरि पहिरो जाँदा पुरिएका दुई घरका चार परिवारलाई रेडक्रसले अत्यावश्यक सहयोगी सामग्री उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले उपलब्ध गराएको सहयोगी सामग्री वालिङस्थित रेडक्रस सोसाईटीहरुको पहलमा पहिरो प्रभावितहरुलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी पेखुबाघखोरका सभापति विष्णुप्रताप खाँणले बताउनुभयो ।

वालिङ १४ तमादीस्थित पहिरो प्रभावित गाउँमै पुगेर रेडक्रसले लत्ताकपडा, त्रिपाल, भाँडावर्तन, कम्मलहरु हस्तान्तरण गरिएको हो ।

सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले पहिरोका कारण ठूलो मानवीय क्षति भएकोप्रति दुःख ब्यक्त गर्दै दिवंगतहरुप्रति श्रद्धाञ्जलि र उपचाररत मनिषाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्ने बताउनुभयो । साथै विस्थापित परिवारहरुका लागि नगरपालिकाले आवश्यक सहयोग तथा ब्यवस्थापन गर्ने बताउनुभयो । नेपाल रेडक्रस फूलबारी शाखाका सभापति दीपक लम्साल, गह्रौंकालिका शाखा सभापति पदमप्रसाद पाण्डे, वालिङ शाखाका सभापति खगेन्द्रप्रसाद अर्याल, धनुबाँसे शाखाका सभापति गुणनिधी काफ्ले स्थानीय समाजसेवी राजु कुँवर, दिक्षान्त खाँणसहित पत्रकारको उपस्थितिमा सहयोगी सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.