तमादी पहिरो को पिडित लाइ दाहसंस्कार तथा घाईतेको उपचार खर्च नगरले गर्ने
मेरो दृष्टि सम्बादाता असोज १०
तमादी घटनामा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जलि, परिवारजनप्रति समवेदना तथा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे वालिङ नगरको ५८ औ कार्यपालिकाको बैठकले महत्वपुर्ण निर्णय गरेको छ । बैठकले वालिङ १४ तमादीका ९ जनाको दाहसंस्कारमा लागेको खर्च र घाईतेको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले बेहोर्ने निर्णय गरेको हो । बैठक बाट विपदको घटनामा परी कुनै ब्यक्तिको मृत्यु भएमा प्रति मृतक १० परिवारलाई हजार उपलब्ध गराउने, घर पूर्ण रुपमा क्षति भएमा १० हजार, खाद्यान्न बाली ,जग्गा जमिननष्ट भएमा ५ हजार, घर आंशिक रुपमा क्षति भएमा ७ हजार, गोठ नष्ट भएमा ५ हजार, घटनामा परी घाईते हुनेहरु लाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रति पशु ८ हजार र दुध दिन योग्य गाई भैंसी भएमा ५ हजार, खसी बोका र माउ बाख्रा भएमा ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्