स्मार्ट वालिङको अवधारणा सुरु पुर्ण स्मार्ट नगर बन्न २० बर्ष लाग्ने  डिजिटल सिस्टमको शुभारम्भ

मेरो दृष्टि सम्बादाता,वालिङ, ११ असोज

 स्मार्ट सिटीको अवधारणा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिका आजदेखि औपचारिकरुपमा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ भएको छ । नेपालको नमुना १० सहर मध्य छानिएको यस नगरपालिका उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट वालिङ एप्सको आजदेखि शुरुवात गरिएको हो । स्मार्ट पालिकाको अवधारण अघाडी सारेको नगरले स्मार्ट मोबाईल एप तथा विद्युतीय सुशासन प्रणाली काम सुरु गर्नेछ । स्मार्ट सिटी वालिङ निर्माणका लागि २० वर्षको योजना बनाईएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “स्मार्ट वालिङ डिजिटल सिस्टम स्मार्ट पालिका निर्माणका लागि तयार गरिएका १०६ वटा सूचकहरुमध्ये एउटा सूचक मात्रै हो यस्ता अरु थुप्रै काम गर्नुछ र ती काम पूरा हुन करीब २० वर्ष लाग्ने छ र जहिले सूचकहरु पूरा हुन्छन् त्यति बेलामात्रै आधारभूत तहको स्मार्ट सिटी बन्ने छ” ।
कार्यक्रममा रेडियन्ट ईन्फोटेक नेपालले वालिङ नगरपालिकालाई विद्युतीय हस्ताक्षर उपलब्ध गराएको थियो भने सेलएपले वालिङ नगरपालिकालाई डिजिटल प्रणाली हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा अनलाईन पेमेन्ट गेटवयका लागि डिजिटल पेमेन्ट सिस्टम खल्तीसँग नगरपालिका र खल्तीबीच सम्झौता आदान प्रदान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.