कुखुरामा एच नइन भाइरस देखिन थाल्यो

असोज २२, नारायण चापागाँई

कुखुरामा एच नाइन ९९० भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन ९९० भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले जानकारी दिए ।

“काठमाडौँमा परीक्षण गर्दा एच (९ देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौँ, नयाँलाई मारेका छैनौँ”, डा। चापागाईंले भने ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.