जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

असोज २२

शंकर ग्रुपको जगदम्बा स्टिल्स कम्पनीले उत्पादन गरेका फलामे डण्डी गुणस्तरहीन भेटिएपछि गुणस्तर विभागको निर्देशन अनुसार कम्पनीले बजारबाट केही उत्पादन फिर्ता गरेको छ । गुणस्तर विभागले उत्पादन इजाजत रोक्दै बजारमा गईसकेको सामान तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो।

कम्पनीले बजारबाट १६ एमएमका २० टन डण्डी फिर्ता गरेको जानकारी विभागमा पठाएको छ। कम्पनीले केही दिनअघि विज्ञप्ति जारी गरेरै १६ मिमि एफइ–५०० ग्रेडका डण्डीहरु बजारबाट फिर्ता गरिएको औपचारिक जानकारी दिएको छ । विभागले दिएको जानकारी अनुसार कम्पनीले बजारबाट फिर्ता गरेका २० टन डण्डी नष्ट पनि गरिसकिएको छ।

शंकर ग्रुपको गल्ती लुकाउने दाउः फलामे रडको ‘ग्यारेन्टी’ देखि घरको बीमासम्म

बजारमा कति गएको थियो ?

कम्पनीले विभागलाई दिएको अनौपचारिक जानकारी अनुसार कम्पनीले यो लटमा उत्पादन भएका ५० टन डण्डी बजारमा पठाएको थियो । त्यसमध्ये २० टन बिक्रि हुन बाँकी फिर्ता लिएको जानकारी कम्पनीले विभागमा पठाएको छ । अब विभागले बजारमा पठाउन बाँकी स्टक कति थियो भन्नेबारे अनुसन्धान गर्दैछ ।

ले भाँचि जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)

‘कम्पनीले २० टन डण्डी बजारबाट फिर्ता लिएको छ, यो फिर्ता लिएको जति हाम्रै रोहबरमा नष्ट पनि गरिसकिएको छ’ विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीले भने, ‘हामीले उसको स्टक कति थियो भनेर यकिन गर्न टोलि पठाएका छौँ, टोलीले यकिन गरेपछि त्यो पनि नष्ट गर्छौँ ।’

कम्पनीले विभागमा दिएको जानकारी अनुसार बजारमा गएको ५० टनमध्ये ३० टन उपभोक्ताले प्रयोग गरिसकेका छन्।

बिज पार्टी बाट साभार

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.