बिष्णु पौडेल अर्थ मन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा
मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्।
त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ।

यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.