विश्व हिन्दु महासंघ स्याङ्जाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कार्तिक २०,स्याङ्जा

विश्व हिन्दु महासंघ स्याङ्जाको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज सम्पन्न भएको छ।स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका स्थित तमु समाजको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो। देशमा बढ्दै गएको धर्म परिवर्तनको लहरलाई रोक्न र वैदिक सनातन धर्मप्रति मानिसहरुलाई आकर्षित गर्न उक्त कार्यक्रम गरिएको जानकारी विश्व हिन्दु महासंघ स्याङ्जाले गराएको छ।विश्व हिन्दु महासंघ स्याङ्जाकी कोषाध्यक्ष सरिता पौडेलद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा शुभकामना सन्देश दिँदै सन्तोष केसीले दिँदै जनै लगाएपछि जनैको मूल्य र मान्यतालाई ख्याल गर्दै धर्म परिवर्तनको एक संवाहक हो भन्दै अफिमको रुपमा धर्मलाई नलैजान उनले खबरदारी गरेका थिए।प्रदेश उपाध्यक्ष लक्ष्मण भट्टराईले धर्म अनुशासन भन्दै यसको पालनामा आलटाल गर्न नहुने जिकिर गरेका थिए।

कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघ स्याङ्जा शाखाका अध्यक्ष हरिहर पाण्डेले गरेका थिए। विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य नेत्र पराजुली समेत उपस्थित भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल थिए भने विशिष्ट अतिथि भीरकोट नगरपालिकाकै उपप्रमुख सिमा के सी कर्माचार्य थिइन्। करिब ८० जना धार्मिक अभियन्ता सहभागी भएको उक्त कार्यक्रमको संचालन अमृत अर्यालले गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन भुपराज बगालेले दिएका थिए।विश्व हिन्दु महासंघ नेपालको स्थापना २०३० सालमा स्थापना भएको हो। राजतन्त्रको अन्त्य पश्चात विश्व हिन्दु महासंघ सनातन धर्म रक्षाको लागि खटिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.