वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

मंसीर ९ ,नारायण चापागाँई

वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जा बाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का मैते बिक रहेका छन् । धादिङ जिल्ला घर रहेका विक विगत केही समय देखि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ९ नयागाउँ बस्दै आएका थिय । विकले स्याङ्जाकि एक १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति जवरजस्ती करणी गरेको र जाहेरी पश्चात् बिकलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीको भनाइ रहेको छ । पक्राउ परेका आरोपित बिकलाई करणी कसुर सम्बन्धि जवरजस्ती करणी मुद्दामा दर्ता गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.