मे.दिृ संवाद्दाता
स्याङ्जा , १५ मङ्सीर
खानेपानीको सहज पहुँच घरघरमा पु¥याउने उदेश्यले वालिङ नगरभित्र १२ वटा ग्रामीण खानेपानी आयोजना निर्माण हुने भएका छन् । वालिङ नगरपालिका भित्र रहेको ग्रामिण बस्तीहरुमा अझै पनि डोकोमा पानि बोक्ने समस्याको अन्त्य गर्न खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।
आइतवार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले ढुँडखोला खानेपानीको शिलन्यास गर्दै स्याङ्जाली जनता खानेपानी समस्यमा बाट बंचीत हुने बताईन् ।
निर्वाचन क्षेत्रभित्र खानेपनीको समस्यमा पहिचान गरेको बताउँदै उनले भनिन् ,‘ निकै समस्या भएको स्थानमा संघीय सरकारको ४३ करोड इस्टिमेटमा एकिकृत खानेपानीको योजनामा संचालन गरेका छौँ ।’
अहिले वालिङ ९ ढुँडखोलाका जनताले सिस्नाघारी , बेवरेधाराबाट पानी बोक्नु पर्ने समस्याको अन्त्य हुने स्थानीय सुरज रेग्मीले बताए । उनले भने , ‘प्रदेश सरकारले एक घर एक धाराको नारा लिएको भएपनि हामी खोल्साबाट डोको नाम्लोले पानी बोक्न बाध्य छौँ ।’ अब ढुँडखोला खानेपानीको निर्माण भएसँगै ७२ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
पानि टयाङ्की निर्माण गर्न स्थानीय अग्नि प्रशाद पौड्यालले १ रोपनी जग्गा दान गरेका हुन् । वालिङ नगरभित्र १२ वटा ग्रामीण खानेपानी आयोजना सम्पन्न गर्न संङ्घीय सरकार मार्फत ४३ करोड बिनियोजन गरिएको छ ।