स्वास्थ्य क्षेत्रमा क्रान्तिको दिन : मन्त्री अर्याल

उनले भनिन् , ‘अबको बिकाश पहुँचको आधारमा नभई आवश्यक्ताको आधारमा हुनुपर्छ ।’

सुशील सुवेदी
स्याङ्जा , १५ मङ्सीर
सरकारले देशभर पहिलो चरणमा ३९६ स्थानीय तहमा ५ देखि १५ शैयाको आधारभुत अस्पताल निर्माण गर्न शिलन्यास कार्यक्रम शुरु गरेको छ । सोही कार्यक्रम अन्तर्गत स्याङ्जा जिल्लाको ४ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल शिलन्यास गरिएको छ ।
यहाँको भिरकोट , वालिङ र गल्याङ ३ वटा नगरपालिकामा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले १५ शैयाको अस्पताल शिलन्यास गरिन् । यसैगरि हरिनाश गाउँपालीकाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द«मा संघीय सांसद नारायण मरासीनीले शिलन्यास गरेका छन् ।
शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री अर्याललले आजको दिन स्वास्थ्य क्षेत्रको लागि क्रान्तिको दिन भएको बताईन् । आँफू स्वास्थ्य राज्यमन्त्री हुँदा ल्याएको कार्यक्रम एक पालीका एक अस्पताल , एक वाड एक स्वास्थ्य चौकी अभियानको रुपमा रहेको बताउँदै मन्त्री अर्यालले भनिन् ,‘ स्वास्थ्य क्षेत्रमा मुलुक भर एकै पटक ठुलो संख्यामा अस्पताल निर्माण भएको ऐतिहाँसीक दिन आज हो । बर्तमान सरकार बिकाश र समृद्धिको नेतृत्व गर्दै अघि बढिरहेको छ ।’ उनले भनिन् , ‘अबको बिकाश पहुँचको आधारमा नभई आवश्यक्ताको आधारमा हुनुपर्छ ।’
यसैगरि गण्डकी प्रदेश बिद्यायन समितिका सभापति मोहन प्रशाद रग्मीले सुखी जिवन बिताउन स्वास्थ्य आवाश्यक रहेको बताउँदै उनले भने ,‘सहज ढङ्गले स्वास्थ्यमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको यो अभियानले सार्थकता दिनेछ ।’
यदि जिल्लामा सुविधा सम्पन्न अस्पतालको स्थापना हुन सके यहाँका सर्वसाधारण उपचार गर्न पोखरा बुटवल पाल्पा जानपर्ने बाध्यताको अन्त्य हुनेछ । गण्डकी प्रदेशभित्र ५३ स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न स्वास्थ्य संस्था तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.