पालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत फेदीखोला गाउँपालिकाको वडा नं २ तल्लो कुँडुलेमा ७७ घरधुरीलाई लक्षित गरि ४० हजार लिटर क्षमताको खानेपानी आयोजना सुरु हुने भएको छ । योजना फागुन मसान्तभित्र सम्पन्न हुने लक्ष्य रहेको छ । ८६ लाखको लागत अनुमान रहेको उक्त आयोजनाको आइतबार संघीय साँसद नारायणप्रसाद मरासिनीले शिलन्यास गरेका हुन । कार्यक्रममा बोल्दै साँसद मरासिनीले विकास निर्माण तथा जनजिविकाको सवालमा स्थानीय तहले खेलेको भूमिकाले संघीयताको औचित्य पुष्टि गरेको बताए । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले पालिकाले सुरुवाती बर्षबाट नै संचालन गरेको एक घर एक धारा कार्यक्रमले अब चाँडै नै सार्थकता पाउने बताए । स्वच्छ एवम शुद्ध पिउनेपानी जनताको मौलिक हक भित्र नै पर्ने भन्दै पालिकाका सबै स्थानमा एक घर एक धाराको मार्फत गुणस्तरीय पिउने पानी प्रदान गरिने बताए ।