498

देशको सम्बृद्धीको आधार नै केपी ओलीको सरकार बाट सुरुवाती भएको बताउँदै पुर्व मन्त्री अर्यालले केपी ओलीको पालामा सुरुवाती र शिलन्यास भएका कार्यहरु भटाभट उत्घाटन हुन थालेको अर्यालको भनाई थियो । विकासका विभिन्न चरण पार गर्दे देशलाई सुरुङ मार्गमा प्रवेस गराउने पनी केपी ओलीको सरकार बाटै सुरु भएको बताउँदै पुर्व मन्त्री अर्यालले बीआरआई जस्तो प्रोजेक्ट पनि केपी ओलीकै पालामा सम्झौता भएकोले जनताले विकासको अनुभुती छिटै गर्न पाउने पुर्व मन्त्री अर्यालको भनाई थियो । फरक प्रशंगमा बेल्दै पुर्व मन्त्री अर्यालले पार्टी विधान महाधिवेशनको क्रममा रहेकोले आम संगठीत सदस्यलाई आफ्नो महत्वपुर्ण राय सल्लाह सुझाब जिल्ला कमिटि मार्फत टिपाउन अनुरोध समेत गर्नुभयो । नेकपा एमाले सर्वहरा बर्गको प्रतिनिधित्व गर्दे आम जनताको राय,सल्लाह र सचनात्मक सुझाब अनुसार चल्ने पार्टी भएकोले आगामी भदौ २२ गते ललितपुरको गोदावारीमा हुने विधान महाधिवेशनलाई सहयोग पुग्ने हिसाबले आम नागरिकको सुझाब संकलन गरि पेश गर्न पुर्व मन्त्री अर्याललाले जिल्ला कमिटि स्याङजालाई अनुरोध समेत गर्नुभयो । नेकपा एमाले जिल्ला कमिटि स्याङजाले चलाएको चौथो बैठकमा आठ ओटा प्रस्ताव माथी छलफल गर्दे सर्बसम्मत रुपमा एजेन्डा पास गरि बैठक सम्पन्न गरेको थियो ।