headline 1गण्डकी

हरिनासमा सडक निर्माणले पायो तीव्रता : पहिलो पटक कालोपत्रे

यसरी धमाधम सडक निर्माणले तीव्रता पाएसँगै हरिनासबासीले वर्षातको समयमा सवारी साधन धकेल्नुपर्ने समस्याको अन्त्य हुनेछ

 

सुशील सुवेदी
स्याङ्जा, पुस ११ ।

हरिनास—४, का लिल ब.थापा उमेरले ५८ नाघे । गत वर्ष तनहुँको भिमादमा रासन किनमेल गर्न गएका थापाले बाटोमा जिप धकेल्न परेको व्याथा सुनाए । सडक नराम्रो भएकै कारण वर्षातमा सवारी साधन यात्रुले धकेल्नुपर्ने कुनै नौलो विषय होइन । उनी भन्छन् ,‘ सडक संजालले हरिनास नजोडिएको कारण हामी धेरै दुर्गममा थियौँ । अहिले धेरै सुख भएको छ । ’
भूगोलको हिसाबले निकै दुर्गम मानिने स्याङ्जाको हरिनास गाउँपालिकामा सडक निर्माणले तीव्रता पाएसँगै सर्वसाधारणले सहज महसुस गर्न थालेका हुन् । पालिकामा पहिलोपटक १३०० मिटर सडक कालोपत्रे भएको छ भने विभिन्न सडक खण्ड अन्तर्गत ४५ किलोमिटर सडक कालोपत्रेको तयारी भैरहेको छ । तनहुँको भिमाद देखि राम्चे सम्म १८ किलोमिटर पुननिर्माणको बजेटबाट कालोपत्रेको तयारी भैरहेको छ ।

चित्रे देखि राम्चे सम्म १३०० मि कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यसैगरी साँखे देखि गाउँपालिका केन्द« सम्म १७ किलोमिटर र रातेपहरा देखि गिरकोट सम्मको १० किलोमिटर प्रदेश सरकारको कार्यक्रम अन्तर्गत कालोपत्रे गर्ने तयारी भैरहेको छ । यसरी धमाधम सडक निर्माणले तीव्रता पाएसँगै हरिनासबासीले वर्षातको समयमा सवारी साधन धकेल्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धर बताउँछन् ।

उनी भन्छन् , ‘बिकासको पहिलो पूर्वाधार नै सडक रहेछ । त्यसैले स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा पहिलोपटक पालिकामा कालोपत्रे सडक निर्माण गरेका छौँ ।’
प्रत्येक शनिबार जनता सँग अध्यक्ष कार्यक्रम लिएर जनताको घर आँगनमा पुग्ने गरेका मानन्धरले पहिला जनताको समस्या बुझ्ने र समाधान गर्ने नौलो अभ्यास समेत गरेका छन् । जनताको पहिलो माग सडक नै भएको बताउँदै सडकलाई प्राथमिकतामा राखिएको वडा नं ४ का वडा अध्यक्ष चिन्तामणी शर्माले वताए ।

यस क्षेत्रको किनमेल गर्ने प्रमुख बजार भिमाद र पोखरा भएको कारण सहज खाद्यान्न ओसार पसार गर्न र यहाँ उत्पादन भएको कृषि उपज निर्यात गर्न समेत टेवा पुग्ने शर्मा बताउँछन् । शिक्षा र स्वास्थ्य सेवा लिन पनि काँस्की तनहुँ सहज हुने उनले बताए ।
केन्द«को सिहंदरबार गाउँघरसम्म आएको महसुस गरेका सर्वसाधारण अव उच्चतम सडकको प्रयोग गर्दै स्थानीय उत्पादनमा पनि वृद्धि गर्न सके गाउँबासी आर्थिक समृद्धि सँग पनि जोडिने देखिन्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.