नेकपा (प्रचण्ड नेपाल पक्ष) स्याङ्जाको भेला सम्पन्न

पौष १२,रोशन लामिछाने

प्रचण्ड नेपाल पक्षको नेकपा स्याङ्जाले एक कार्यक्रमका विच जिल्ला स्तरीय पार्टीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जिल्ला सदरमुकाम पुतलीबजारमा सम्पन्न भगरेको छ । प्रशिक्षण कार्यक्रम सदमुकाममा रहेको गुरुङ समाजको हलमा सम्पन्न भएको हो ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे ‘उत्तम’ले हुदै नभएको बाटोबाट प्रधानमन्त्री केपीओलीले संसद विघटन गरेको बताए । उनले प्रधानमन्त्री ओली संसद विघटन गरेर निरंकुश बन्न खोजेको बताए ।प्रधानमन्त्री पार्टीको इशारामा चल्नुपर्ने बताउदै नेता पाण्डेले पार्टीका निर्णयहरु ओलीले नमानेको जानकारी दिए । पूर्व मन्त्री समेत रहेका नेकपा नेता पाण्डेले प्रधानमन्त्री तथा अध्यक्षले नेता तथा कार्यकर्ताहरुका समस्याहरु बुभेर समाधान गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा सांसद अमृता थापामगर, अनेरास्ववियू केन्द्रिय पूर्व उपाध्यक्ष स्ववियत ढकाल र आँधिखोला गाउँपालिका उपाध्यक्ष शर्मीला पौडेल लगाएतले प्रधानमन्त्री ओलीलाई सच्चीन आग्रह गरेका थिए । उनीहरुले ओलीका कारण देशले दुःख पाएको बताए ।
नेकपा नेता शैलेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको संचालन नेकपा नेता रामचन्द्र भट्टराईले गरेका थिए भने स्वागत मन्तव्य युवा नेता सन्तोष के।सी।ले राखेका थिए । कार्यक्रममा ओलीले केन्द्रिय सदस्यमा मनोनयन गरेका नेकपा भिरकोट नगरपालीकाका अध्यक्ष मिनप्रसाद कोईराला र विरुवा गाउँपालिकाकी उपाध्यक्ष देवी थापाले ओलीको केन्द्रिय सदस्यमा नरहेको घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.