पशुपंछी तथा कृषी मन्त्रीअर्याल जनता सगै पैदल यात्रामा

नेकपा वालिङ कमिटिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न वालिङ पुगेकी पशुपंछी तथा कृषी मन्त्री पद्मा अर्यालले कांग्रेसको विरोध कार्यक्रमलाई चुनौति दिदै सिटीहलबाट तल्लो वालिङ, मोड हुदै मिर्दी सम्म पैदल यात्रा गरेकी छन् । मन्त्री अर्यालले वालिङ आएकी मन्त्री अर्याल भागीन् भनै खबर बाहिर आएपछी मोडमा पैदाल यात्रा गरेकी हुन् । आफु आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्न वालिङ आएको र वालिङ आउदाँ कांग्रेसका साथीहरुले मोडमा कार्यक्रम गरेको थाहा पाएपछी अवरोध नगर्ने बिचारगर्दै मिर्दीबाट तल्लो बाटो सिटी हल आएको मन्त्री पद्मा अर्यालले बताईन् । पसुपंछी तथा कृषी मन्त्री अर्यालले कार्यकर्ताहरुलाई सम्बोधन पछि बजारमा रहेको हल्लालाई बदर गर्न आफुले पैदल यात्रा गरेको जानकारी दिईन् । उनले लोकतन्त्रमा बोल्न सबैलाई अधिकार भएको बताउदै सही बहस गर्न कांग्रेस कार्यक्रताहरुलाई आग्रह गरिन् । कालो झण्डा देखाउदैमा केही नहुने जानकारी दिदै सही के हो ? बेठीक के हो बहसबाट टुंगाईने बताईन् । कस्को कती मत हेर्न चुनावमा जानुपर्ने धारणा राख्दै मन्त्री अर्यालले मै हु भन्नेलाई चुनाबमा जान, र चुनाव जित्न चुनौती दिईन् । विरोध कार्यक्रममा वालिङ मोडमा जम्मा भएको केही कांग्रेसी कार्यकर्ताहरुले मन्त्री अर्याललाई कालो झण्डा देखाउने प्रयास गरेका थिए । उनीहरुले कालोझण्डा देखाउन प्रयास गरेपनी झण्डा देखाउन पाएनन् भने टाढैबाट ढुंगा हान्ने प्रयास गरेका थिए । उनीहरुले झण्डा देखाउने र ढुंगा हान्ने प्रयास गरेपनी कार्यक्रममा पुगेर कार्यकताहरुलाई सम्बोधन गरेकी थिईन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.